Right ClaimLandPublished On: February 17, 2025

जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं. १८ बस्ने श्री शोभा लक्ष्मी बज्राचार्यको वारेस सुजन बज्राचार्यले श्री सानुमान बज्राचार्य भन्ने सानुलाल बज्राचार्यका नाउँमा नापीका समयमा नाप नक्सा भएकोमा दर्ता बाँकी अवस्थामा पति सानुमान बज्राचार्य भन्ने सानुलाल बज्राचार्यको २०६२।११।११ मा, आफ्नै कालगतिले परलोक भएको र मृतक ज.ध. को नजिकका हकदारहरूमा पत्नी शोभा लक्ष्मी बज्राचार्य मात्र भएको हुँदा तपसिलमा उल्लिखित जग्गा साबिक मौजा काठमाडौँ रै. नं. २६३९ ठेली नं. ४ को लगतमध्ये भिडी दर्ता हुने जग्गा भएकोले दर्ता/ना.सा. समेत गरीपाऊँ | भनी माग निवेदन दिनुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती, विर्ता वा अन्य कसैको हकलाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता / ना. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दावी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भई जानेछ । पुनश्च - मालपोत कार्यालय मनमैजुको स्रेस्तामा ज.ध. बेलशोभा शाक्य रहेकोमा मालपोत कार्यालय डिल्लिबजार काठमाडौँबाट बेलशोभा शाक्यका नाउँमा मिति २०६३।११।०९ मा छुट जग्गा दर्ता नामसारी भएकोमा पुनरावेदन अदालत पाटनबाट मालपोत कार्यालय डिल्लीबजारबाट भएको फैसला मिलेकै देखिन्छ भनी फैसला भएकोमा पुनः सर्वोच्च अदालतबाट मिति २०६८ | ११ | २२ मा मालपोत कार्यालय डिल्लिबजारबाट मिति २०६८।११।२२ मा भएको निर्णय बदर गरी दुवै पक्षलाई तारेखमा राख्नु भनी फैसला भएको पुनः सम्मानित काठमाडौँ जिल्ला | अदालतको मिति २०७१।०६।२८ को हक कायम जग्गा दर्ता मुद्दामा रै. प. माग गर्ने बिष्णुमैया तिमिल्सीना समेतको र जग्गा दर्ता नामसारी माग गर्ने बेलशोभा शाक्य दुवै पक्षको दाबी नपुग्ने गरी फैसला भएको, पुनरावेदन अदालत पाटनबाट मिति २०७३/०५/२६ मा का.जि. अ. को मिति २०७१/०६/२८ के फैसला सदर भएको र सम्मानित सर्वोच्च अदालतबाट मिति २०७५।०३।१२ मा मुद्दा दोहो-यई हेर्ने अनुमति प्रदान गर्न मिलेन भनी आदेश भई च.नं. ७५२०२-२५८०७८ मिति २०७५/०३/१५ छिनुवा मिसिल समेत पठाएको ।