Loan Payment NoticeLandPublished On: February 17, 2025

यस बैंक (साविक सेञ्चुरी कमर्सियल बैंक लि. का तपसिलमा उल्लेखित ऋणीहरुले लिएको कर्जाको व्याज एवं किस्ता (साँवा, ब्याज ) भुक्तानी सम्बन्धी शर्त कबुलियत उल्लघंन गर्नु भई यस बैंकबाट पटक पटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी तहाँ ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुनाले यो सार्वजनिक सूचना प्रकाशित गरिएकोछ । अतः यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कर्जा चुक्ता भुक्तानी हुने मितिसम्मको बैंकलाई तिर्नु बुझाउनु पर्ने सम्पूर्ण रकम चुक्ता फछ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षणधनी तथा जमानतकर्ता समेतलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ । यो सूचना समेतको बेवास्ता गरी उल्लेखित समयावधिभित्र बैंकको सम्पूर्ण रकम चुक्ता फछ्यौट नगर्नु भएको खण्डमा तपाईं ऋणी, जमानतकर्ता लगायतलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सकिने, कर्जाको सुरक्षण वापत धितो रहेको सम्पत्ति तथा तहाँको अन्य कुनै वा सबै सम्पत्ति लगायत जमानतकर्ता समेतको सम्पत्तिबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम लिलाम बिक्री वा अन्य व्यवस्थाबाट असूल उपर गरिने र उपर्युक्तानुसारका सम्पत्तिबाट बैंकको कर्जा चुक्ता नभएको खण्डमा तहाँ ऋणी तथा जमानतकर्ताबाट कर्जा असूल उपर गर्न अन्य आवश्यक कानूनी प्रकृया शुरु गरिने व्यहोरा जानकारी गराउँदछौं । बैंकको उल्लेखित काम कारवाहीबाट तहाँ ऋणी लगायत जमानतकर्ताको व्यावसायिक ख्याति, सामाजिक प्रतिष्ठा उपर पर्न सक्ने असर र त्यसबाट उत्पन्न हुन सक्ने परिणाम समेतलाई ध्यानमा राखी उल्लेखित समयावधि भित्र सम्पूर्ण कर्जा चुक्ता फछ्यौट गर्नु हुने अपेक्षा गरिएको छ ।