तपाईं तपसिलका ऋणी / ऋणीहरुले यस फाइनान्सबाट लिनु भएको ऋण रकम यस फाइनान्ससँग गर्नु भएको ऋण सम्झौताको शर्त बमोजिम तोकिए अनुसार बुझाउनु पर्ने साँवा, ब्याज समयमा भुक्तान नगरी, नबुझाई ऋण लिंदा गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएको र फाइनान्सबाट मौखिक एवम् | लिखित रुपमा पटक पटक तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु पर्ने साँवा, व्याज तथा हर्जाना व्याज समेत चुक्ता भुक्तानी गर्न नआउनु भएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्रमा कर्जाको सम्पूर्ण साँवा, व्याज तथा हर्जाना व्याज समेत चुक्ता भुक्तान गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । उल्लेखित मिति भित्रमा यस वित्तिय संस्थालाई तिर्नु, बुझाउनु पर्ने सम्पूर्ण कर्जा, व्याज तथा हर्जाना व्याज समेत भुक्तान नगर्नु भएमा यस फाइनान्सलाई कर्जा सुरक्षण वापत लेखि दिनुभएको तपसिल बमोजिमको चल अचल सम्पत्ति प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी धितो लिलाम विक्री गरी अथवा सो बाट आफ्नो लेना असूल उपर नभएमा तपाई ऋणी तथा व्यक्तिगत जमानी दिने समेतको अन्य चल/ अचल सम्पत्तिबाट वा ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरी वा अन्य प्रचलित कानून बमोजिम कारबाही गरी फाइनान्सले आफ्नो लेना रकम असूल उपर गरिनुका साथै तपाई ऋणी तथा व्यक्तिगत जमानी दिने समेतलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्र लि. को कालोसूचीमा सूचीकृत गर्न सिफारिश गरी पठाईने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ ।