Right ClaimLandPublished On: February 18, 2025

यसमा काठमाडौँ जिल्ला, नागार्जुन न.पा. वडा नं. ५ बस्ने लेखनाथ खनाल समेतले हाम्री बूढी हजुरआमा ब्रम्हकुमारी खनाल उपाध्यायको नाममा साविक सर्भे नापीको समयमा नापनक्सा भई स्रेस्ता तथा फिल्डबुक समेत कायम भएको तपसिल अनुसारको जग्गा का ई. आदेश्वर फस्कु बस्ने वेदनाथ समेत १३ को नाममा | साविक मौजा फस्कु हा नं. २७० को लगत भिडाई दर्ता हुने हुँदा हाम्री हजुरआमा तथा ज.ध. ब्रम्हकुमारी खनाल उपाध्यायको मिति २०४९ | १ | २ मा निजको श्रीमान् तथा हजुरबुबा नेकराज खनालको मिति २००३ सालमा आ-आफ्नै कालगतिले परलोक हुनुभएकोमा निजहरूको हक खाने हकदारमा जेठा छोरा रेवती रमन खनाल १, माहिलो छोरा लक्ष्मीरमन खनाल १ र कान्छो छोरा सुरदास माधव प्रसाद खनाल १ भएकोमा कान्छो सुरदास माधव प्रसाद खनाल मिति २०५२ सालमा अविवाहित अवस्थामा परलोक हुनुभएको, जेठो रेवती रमन खनालको मिति २०२७ सालमा, हजुरआमा हिरादेवी खनालको २०२८ सालमा परलोक भएकोमा निजहरूको हकदार पिता केदारनाथ खनालको मिति २०७३।१२।७ मा, जेठी आमा पदमादेवी खनालको मिति २०७७।८।२८ मा परलोक हुनुभएकोमा निजहरूकी हकदार आमा सुसिला खनाल १ र म निवेदक प्रेमकृष्ण खनाल १ गरी जना २ रहेको, जेठा काका गोविन्द प्रसाल खनाल अविवाहित अवस्थामा २०५२ सालदेखि बेपत्ता हुनुभएको, कान्छा काका केशव प्रसाद खनाल १ मात्र रहेको साथै माइलो हजुरबुबा तथा ज.ध. का माइलो छोरा लक्ष्मीरमन खनालको मिति २०१३ सालमा, निजकी पत्नी मनुदेवी खनाल मिति २०१३ सालमा परलोक हुनुभएको हुँदा निजहरूको शेषपछि हक खाने हकदारमा जेठो काका कृष्ण प्रसाद शर्मा खनाल १ र कान्छा काका लेखनाथ खनाल रहेको हुँदा हामी जीवित हकदारहरू कृष्ण प्रसाद शर्मा खनाल १, लेखनाथ खनाल १, सुसिला खनाल १, प्रेम कृष्ण खनाल १, केशब प्रसाद खनाल १ गरी जना ५ रहेकोमा हाम्रो संयुक्त नाममा दर्ता नामसारी गरी ज.ध. प्रमाण पुर्जा पाऊँ भनी द.नं. मिति २०८ १९ २१ मा निवेदन पेश गरेको हुँदा निवेदकहरूको माग दाबी बमोजिम दर्ता / ना. सा. गरिदिँदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन, अन्य कसैको हक लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।