तपसिलमा उल्लेखित ऋणीले यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (साविक तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड) को शाखा कार्यालय, धारापानी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट अधिविकर्ष (overdraft) कर्जा शिर्षक अन्तर्गत कर्जा लिई उपभोग गरेको ऋणकर्जाको भुक्तानी सम्बन्धी सम्झौताका शर्त अनुसार तिर्न बुझाउन पर्ने साँवा, ब्याज आदि नियमानुसार लाग्ने रकम नतिरी नबुझाई बस्नु भएकोले कर्जा वापत तिर्न बुझाउन पर्ने साँवा तथा व्याज तिर्ने सम्बन्धमा मौखिक तथा लिखित रुपमा पटक | पटक तरताकेता गर्दा समेत उक्त ऋणकर्जा रकमको सम्पूर्ण साँवा, ब्याज तथा हर्जना रकम चुक्ता भुक्तान नगरी यस बैंकसँग भएको ऋणकर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लङ्घन गर्नु भएकोले यथाशीघ्र बैंकमा सम्पर्क गरी आफूले उपभोग गरेको ऋणकर्जा सुविधा वापत बैंकलाई तिर्न बुझाउन पर्ने सम्पूर्ण रकम चुक्ता भुक्तान गर्नुहुन यो ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्रमा पनि ऋणकर्जा सुविधा वापत तिर्न बुझाउन पर्ने साँवा, ब्याज र सो को हर्जना आदि सम्पूर्ण रकम चुक्ता भुक्तान नगरेमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत यस बैंकलाई कर्जा सुरक्षण बापत लेखिदिएको तपसिलमा उल्लेख भएको 'धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्रीको सूचना प्रकाशित गरी लिलाम बिक्री वा अन्य कुनै व्यवस्था गरी बैंकले आफ्नो लेना रकम असुल गरीलिने र प्रचलित नियम बमोजिम कर्जा सूचना केन्द्र लिमिटेडमा कालोसूचीमा समावेश गरिने व्यहोरा समेत यसै सूचना मार्फत् जानकारी गराईन्छ ।
| साथै तपसिलमा उल्लेखित जमानीकर्ताहरुले स्वयम् बैंकमा उपस्थित भई जमानत दिने कागज गरिदिनु भएको हुँदा यहाँ जमानीकर्ताहरुले पनि उपरोक्त व्यहोरा अवगत गरी सूचनाको म्यादभित्र बैंकलाई तिर्न बुझाउन पर्ने सम्पूर्ण रकम चुक्ता भुक्तान गर्नुहुन अनुरोध गरिन्छ । अन्यथा बैंकको कर्जा रकम असुलउपर गर्नुका साथै तहाँलाई समेत कर्जा सूचना केन्द्र लिमिटेडमा नियमानुसार कालोसूचीमा समावेश गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।