Right ClaimLandPublished On: February 25, 2025

तपसिल बमोजिम फिल्डबुक कायम भएको जग्गा सर्भे नापीको समयमा मेरा ससुरा बाजे रत्नमान श्रेष्ठको नामको साविक मौजा टुप्याक रै. नं. ९१५ को लगतबाट भिडी ससुरा दुर्गामान भन्ने बागमान श्रेष्ठको नाममा नापनक्सा भई दर्ता बाँकी रहेकोमा सो जग्गा आफ्नो नाममा दर्ता हुनु अगावै ससुरा दुर्गामान भन्ने बागमान श्रेष्ठको मिति २०५८ | ०३२८ मा आफ्ना कालगतिबाट परलोक भइसकेको र उल्लिखित कित्ता जग्गाको हक खाने हकदारमा म निवेदक बुहारी दिलमाया श्रेष्ठ, नातिहरू हरिशरण श्रेष्ठ र अमृत श्रेष्ठ समेत जना - ३ मात्र भएको हुँदा हाम्रा संयुक्त नाममा दर्ता नामसारी गरिपाऊँ भनी माग गर्नु भएको हुँदा हकदाबी सम्बन्धी यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । अतः उल्लिखित कित्ता जग्गा निजको माग बमोजिम निजको नाममा दर्ता नामसारी हुनु नपर्ने भए वा मृतकका निवेदक बाहेक अन्य कोही हकदार भए वा उल्लिखित कित्ता जग्गामा सरकारी, सार्वजनिक, पर्ती, ऐलानी, गुठी तथा अन्य | व्यक्ति विशेषको जग्गा घुसी मिसिई नापनक्सा भएको छ भने आफू पनि हकदार भएको प्रमाण सहित वा निवेदकका नाममा दर्ता नामसारी हुनु नपर्ने कारण सहित आफूसँग भएका सबुद प्रमाण लिई सूचनाको म्यादभित्र हकदाबी गर्न आउनुहोला । अन्यथा नियमानुसार कारबाही भइजाने व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।