यस बैंकबाट तपसिलमा उल्लिखित ऋणीले ऋण कर्जा उपभोग गर्दाका बखत गरेका लिखत तथा सम्झौता बमोजिम समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा व्याज, पेनाल व्याज तथा अन्य दस्तुर पटक पटक लिखित तथा मौखिक तरताकेता गर्दा समेत चुक्ता भुक्तान नगरे पश्चात कर्जा तिर्न बुझाउन आउने बारेको ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत ऋणीहरुले उक्त समयमा पनि कर्जाको साँवा, व्याज नतिरि नबुझाई बसेको हुँदा ऋण कर्जा उपभोग गरे वापत बैंकको नाममा धितो बन्धक / रोक्का लेखिदिएको तपसिल बमोजिमको चल/अचल सम्पत्तिहरु जहाँ जे जस्तो अवस्थामा छ सोहि अवस्थामा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरि गोप्य शिलबन्दी बोलपत्र प्रकृयाद्वारा लिलाम बिक्री गरी बैंकको लेना असुल उपर गरिने भएकाले धितो लिलाम बिक्री गर्ने सम्बन्धी यो १५ (पन्ध्र) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।
उल्लिखित सम्पत्ति खरिद गर्न इच्छुक महानुभावहरुले तपसिलमा उल्लिखित शर्त बन्देजको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन आव्हान गरिन्छ। साथै, धितो सुरक्षणमा रहेको सम्पत्तिको लिलाम बिक्री हुन नसकी बैंकले धितो सकार गर्नु परेमा वा लिलाम बिक्रीबाट बैंकको सम्पूर्ण वक्यौता असुल उपर हुन नसकेको रकमको हदसम्म बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ र सो को नियमावली, २०५९ तथा अन्य प्रचलित कानून बमोजिम ऋणी तथा जमानतकर्ताहरुको अन्य घर घरानाबाट असुल उपर गर्न असुली प्रकृया अगाडि बढाइने व्यहोरा समेत यसै सूचनाबाट सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
साथै प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको निर्देशन, परिपत्र सूचना अनुसार कर्जासँग सम्बन्धित पक्षहरुलाई कालोसूचिमा समावेश गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ । यसै सूचनालाई आधार मानि ऋणी, धितो जमानत तथा संस्थागत / व्यक्तिगत जमानत दिनु हुने व्यक्तिहरुले लिलाम बिक्री हुने दिन अगावै बैंकको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा लिलामी प्रकृया स्थगित गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
