तपसिल बमोजिम फिल्डबुक कायम भएको जग्गा सर्भे नापीको समयमा हाम्रा आमा तुल्सी वाणि राजोपाध्यायको नामको | साविक मौजा कपन हा. नं. ३६५ को लगतबाट भिडी बाबु रमेशानन्द राजोपाध्यायको नाममा नापनक्सा भई दर्ता बाँकी | रहेकोमा सो जग्गा आफ्नो नाममा दर्ता हुनुअगावै बाबु रमेशानन्द राजोपाध्यायको मिति २०४६/०५/३० र आमा तुल्सी | वाणि राजोपाध्यायको मिति २०४५/०१/१० मा आ- आफ्ना कालगतिबाट परलोक भई हक खाने हकदारमा छोराहरू रामचन्द्र राजोपाध्याय र कृष्णचन्द्र राजोपाध्याय समेत जना - २ मात्र भएको हुँदा हाम्रा नाममा दर्ता नामसारी गरिपाऊँ भनी माग गर्नुभएको हुँदा हकदाबी सम्बन्धी यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । अतः उल्लिखित | कित्ता जग्गा निजहरूको माग बमोजिम निजहरूको नाममा दर्ता नामसारी हुनु नपर्ने भए वा मृतकका निवेदक बाहेक अन्य कोही हकदार भए वा उल्लिखित कित्ता जग्गामा सरकारी, सार्वजनिक, पर्ती, ऐलानी, गुठी तथा अन्य व्यक्ति विशेषको जग्गा घुसी मिसिई नापनक्सा भएको छ भने आफू पनि हकदार भएको प्रमाण सहित वा निवेदकका | नाममा दर्ता नामसारी हुनु नपर्ने कारण सहित आफूसँग भएका सबुद प्रमाण लिई सूचनाको म्यादभित्र हकदाबी गर्न आउनुहोला । अन्यथा नियमानुसार कारबाही भइजाने व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।