का.जि., तारकेश्वर नगरपालिका वडा नं. ४ बस्ने प्रकाश मानन्धरले मेरो ठुलोबुवा रत्न प्रसाद मानन्धरका नाउँमा नापनक्सा भई दर्ता बाँकी रहेको अवस्थामा ठूलोबुवा रत्न प्रसाद मानन्धरको मिति २०५१।०३।०९ मा र ठूलीआमा तिर्थकुमारी मानन्धरको २०७२/०९/११ सालमा आ- आफ्नो कालगतिले परलोक भएको र मृतक जघ रत्न प्रसाद मानन्धरले निज जीवित रहँदा र.नं. ५९५९ मिति २०४४।०१।२८ को लिखतबाट निवेदक भतिज प्रकाश मानन्धरलाई शे.ब. दिनुभएको हुनाले तपसिलमा उल्लिखित जग्गा मौजा धर्मस्थली हा.नं. ४७६ को लगत बाट भिडी दर्ता हुने जग्गा भएकोले दा. खा./ना.सा. समेत गरिपाऊँ भनी माग निवेदन गर्नुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता / ना. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजानेछ |