Right ClaimLandPublished On: March 6, 2025

का.जि. का.म.न.पा. १९ बस्ने शान्त कुमार मानन्धरले मेरो बुवा रामलाल मानन्धर भन्ने रामदास मानन्धरका नाउँमा नापनक्सा भई दर्ता बाँकी रहेको अवस्थामा बुबाको मिति २०५०/१०/०९ मा, आमा मिश्रीनानी मानन्धरको मिति २०७२ / ०१ / २६ मा आ- आफ्नो कालगतिले परलोक भएको र मृतक ज.ध. को नजिकका हकदारहरूमा छोरा शान्त कुमार मानन्धर समेत भएको हुँदा तपसिलमा उल्लिखित जग्गा मौजा बालाजु हा. नं. १८२७, मुडिखु मौजा हा.नं. ३५२ र मौजा बालाजु हा.नं. ३४१ र मौजा मुडिखु हा. नं. ३५९ को लगत मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोले दा. खा./ना.सा. समेत गरिपाऊँ भनी माग निवेदन गर्नुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता/ना. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजानेछ। पुनश्चः मिति २०७०/१०/०८ मा वादी रामबहादुर मानन्धर र प्रतिवादी निवेदक शान्तकुमार मानन्धर समेत भएको दूषित निर्णय दर्ता बदर नामसारी दर्ता मुद्दामा गोलढुङ्गा वडा नं. ७ख कि.नं. १, २२९८ ऐ. ऐ. वडा नं. ७च २४, २७, २८, २९ र ३० मध्ये कि.नं. १, २४ र २९ मा वादीको दाबी नपुग्ने फैसला भएको र अन्य कित्ताका हकमा पुनरावेदनका लागि वादी नगएको भनी उच्च अदालत पाटनबाट च.नं. ४६५९ मिति २०८१ / १० / २४ मा पत्र समेत प्राप्त भएको र गोलढुङ्गा ७ख कि.नं. २ मा मि.नं. १७७, १७६ मिति २०६६ / ०६/०७ भिडेको र मि.नं. १६९ मिति २०५६ / ०६ / ०६ मा तामेली गएको, गोलढुङ्गा ७च कि.नं. २७, २८ र ३० मा मि. नं. ७३ मिति २०६५/०१/१५, मि. नं. ११७ मिति २०६६ / ०६/०७२ मि.नं. १७६ मिति २०७६ / ०६/०७ मा दर्ता मिसिल भिडेको उल्लेख भएको देखिएको हुँदा उल्लिखित मिसिल कोही कसैले भिडाई कारबाहीमा रहेको भए समेत स-प्रमाण दाबी गर्नुहुन ।