का.जि. का.म.न.पा. वडा नं. २५ बस्ने ज्ञानीमाया महर्जनले ससुरा चन्द्रमान महर्जनको नाममा सर्भे नापी हुँदा नाप नक्सा भई दर्ता बाँकी भएको तपसिलका कित्ता जग्गाका दर्तावाला चन्द्रमान महर्जन र निजकी श्रीमती | ज्ञानीमाया महर्जनको मिति २०३४ सालअघि नै कालगतिले परलोक पश्चात् शेषपछि हक खाने हकदार एक मात्र छोरा पञ्चनारायण महर्जन - १ भएकोमा निज पञ्च नारायण महर्जनको मिति २०६४।०७।२१ मा परलोक पश्चात् हकदार श्रीमती ज्ञानीमाया महर्जन- १ छोराहरू हेरारत्न महर्जन- १, सुमज महर्जन- १, ज्ञानरत्न महर्जन- १ र छोरी संगिता महर्जन- १ समेत जवान - ५ भए तापनि हकदार ज्ञानीमाया महर्जन- १ को नाममा मौजा काठमाडौं हा. नं. ४१२ चन्द्रमानको लगत भिडाई संयुक्त जग्गा दर्ता नामसारी हा.सा. माग भएको हुँदा उक्त जग्गा सरकारी सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो/होइन ? वा माग बमोजिम दर्ता ना. सा. / हा. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अरु हकदार भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम भइजाने छ ।