निवेदक- तिल देवी ताम्राकार जग्गाधनी - हेरा देवी ताम्राकार यसमा जिल्ला काठमाडौँ, हाल का.म.न.पा. २० तिल देवी ताम्राकारले निजकी सासू हेरा देवी ताम्राकारको नाममा जिल्ला काठमाडौँ, नगर २० कि.नं. ६४३ क्षेत्रफल ०-०-२१ घरजग्गा रहेकोमा निज जग्गाधनीको मिति २०७१।१।२७ मा मृत्यु भएको, जग्गाधनी पति भिक्षु रत्न ताम्राकारको पनि मिति २०३८।१।१५ मा मृत्यु भएको, ज.ध. की सौता ज्ञानप्रभा ताम्राकारको समेत २०१० ४ १६ मा मृत्यु भएको ज्ञानप्रभाको छोरा अमृतमान ताम्राकारको पनि २०८०|०७/०३ मा मृत्यु भएको, जग्गाधनीका ४ छोराहरू भएकोमा माहिला छोरा ईश्वरमान ताम्राकारको मिति २०४६ | ७|२६, साहिँला छोरा गम्वीरमान ताम्राकारको २०५८।६।४ र कान्छा छोरा राजेश मान ताम्राकारको पनि मिति २०६९/१०/०८ मा साथै राजेश मानकी पत्नी अलिना ताम्राकारको निःसन्तान अवस्थामा मिति २०८ १ २ २६ मा मृत्यु भई हाल जग्गाधनीका हकदारहरूमा अमृतमान ताम्राकारकी पत्नी अनारशोभा ताम्राकार - १, जेठो छोरा केशरमान ताम्राकार - १, माहिली बुहारी कविता ताम्राकार- १, साहिली बुहारी तिलदेवी ताम्रकार - १ गरी जम्मा ४ जना भएकोमा ३ जनाको मञ्जुरीले उल्लिखित जग्गा मेरो नाममा एकलौटी नामसारी गराई पाऊँ भनी काठमाडौँ महानगरपालिका २० को च.नं. ४६९ मिति २०८१|१०|०७ को सिफारिस, च.नं. ६१३ २०८१|११|१२ को सिफारिस, नाता प्रमाणित प्रमाण पत्र, सक्कल पुर्जा, मृत्यु दर्ता प्रमाण पत्र लगायतका कागजातहरू संलग्न राखी मागदाबी निवेदन पेश गर्नु भएकोमा कार्यालयको आदेशानुसार यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । अतः जग्गाधनीको निवेदक बाहेक अन्य हकदारहरू पनि भए वा जग्गाधनीको पालनपोषण स्याहार सम्भार र काजकिरिया अन्य कोही कसैले गरेको भएमा वा उल्लिखित जग्गा निवेदकको नाममा नामसारी गर्न नहुने कुनै कारण भएमा वा निवेदकको नाममा ना.सा. गर्दा कोही कसैको हकमा बाधा पर्ने वा हनन् हुने भएमा यो सूचना प्रकाशित भएको ३५ दिनभित्र सबुत प्रमाण सहित लिखित रूपमा दाबी विरोध गर्न आउनुहोला। अन्यथा कानून बमोजिम भई जानेछ भनी यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।