Right ClaimLandPublished On: March 11, 2025

यसमा का.जि., कागेश्वरी मनोहरा न.पा. ७ बस्ने प्रेम बहादुर कार्की समेत ६ जनाले दिएको निवेदन अनुसार हाम्रा हजुरबुवा/ससुरा पुर्ण बहादुर कार्कीका नाममा सर्भे नापी भई ज.ध. पुर्ण बहादुर कार्कीकै साविक लगत बोडे मौजा रै.नं. ९१/१३१७ बाट भिडी दर्तासम्म हुन बाँकी रहेको तपसिलको जग्गाका ज.ध. पुर्ण बहादुर कार्कीको मिति २०२७।०१।०१ मा र ज.ध. की पत्नी तथा हाम्री हजुरआमा / सासू हस्त कुमारी कार्कीको मिति २०२८ सालमा आ-आफ्नै कालगतिले मृत्यु भई शेष पछिका हकदारमा मृतकका छोराहरू खड्ग बहादुर - १, राम बहादुर कार्की-१ रहेकोमा खड्ग बहादुरको मिति २०७२।०१४ मा निजकी पत्नी बाटुली कार्कीको मिति २०४४।०१।०८ मा, अर्का हकदार राम बहादुरको मिति २०५६।०।१३ मा र निजकी पत्नी हेम कुमारी कार्कीको मिति २०४४।०१।०८ मा आ-आफ्नै कालगतिले मृत्यु भएकोमा खड्ग बहादुर तर्फका हकदार छोराहरू पुरुषोत्तम - १, सहदेव-१ र घनश्याम-१ गरी जना ३ रहेको, राम बहादुर तर्फका हकदारमा कान्छी पत्नी देवी कार्की-१, छोराहरू प्रेम सागर-१ र सागर-१ गरी जना - ३ रहेकोमा तपसिलमा उल्लिखित जग्गाका उल्लिखित हकदार जना - ६ ले छुट दर्ता सहित नामसारीका लागि निवेदन माग गरेको हुँदा निवेदकहरू बाहेक अरू हकदार भए वा माग बमोजिम दर्ता ना.सा. गर्न नमिल्ने कुनै कारण भए वा उक्त जग्गा छुट जग्गा दर्ताका लागि यसअघि अरू कसैले निवेदन माग गरेको भए यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम भई जानेछ |