Right ClaimLandPublished On: March 12, 2025

काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. ९ बस्ने टंकनाथ अर्यालयको नाति बुधराज उपाध्याय भन्ने बुद्धीनाथ अर्यालयको छोरा बटुक कृष्ण अर्यालयले मेरो | पिता बुधराज उपाध्याय भन्ने बुद्धीनाथ अर्यालयको नाममा नाप नक्सा भई दर्ता बाँकी रहेको तपसिलमा उल्लिखित जग्गा बोधराज उपाध्याको साविक दर्ता लगत काठमाडौँ रै.नं. २६८२ को ज. रो. माटो मुरी | १|१२ मध्ये भिडाई उल्लिखित कित्ता जग्गाको दर्तावाला बुधराज उपाध्याय भन्ने बुद्धीनाथ अर्यालयको | मिति २०२० सालमा र आमा जित कुमारी अर्यालयको मिति २०५३।०४।२६ सालमा आ- आफ्नो कालगतिले परलोक पश्चात् हक खाने हकदारमा छोराहरू | सनद कुमार अर्याल - १, सिध्दिमणि अर्याल - १, बटुक कृष्ण अर्याल - १, दुर्गा प्रसाद अर्याल - १, शम्भु प्रसाद अर्याल - १ र चुडामणी अर्याल- १ समेत जना- ६ | रहेकोमा र. नं. २३९२ मिति २०४५।०८।२९ मा हकदारहरू बीच अंशबण्डा समेत भई म निवेदक बटु कृष्ण अर्यालयलाई आमा जित कुमारी अर्यालयले | र. नं. ८६ मिति २०५३।०४।०७ मा शेषपछिको बकस पत्र अष्टलोह पारित गरी दिएअनुसार उक्त पारित शे. ब. बमोजिम म निवेदक बटु कृष्ण अर्यालयको नाममा छुट दर्ता / ना. सा. गरिपाऊँ भनी द.नं. ४४४० मिति २०६१।१०।२२ को निवेदनबाट माग दाबी गरेकोमा तपसिलमा उल्लिखित जग्गा माग बमोजिम निवेदकका नाममा दर्ता / ना. सा गर्न नमिल्ने कुनै कारण भए वा सरकारी सार्वजनिक सम्पत्तिको नोक्सानी हुने भए, साविक दर्तावाल बोधराज उपाध्याको अन्य हकवाला कोही रहेको भए, साविक दर्ता लगतवाला बोधराज उपाध्या, फिल्डबुकको ज.ध. बुधराज उपाध्याय र बुद्धीनाथ अर्याल भन्ने व्यक्ति एकै | व्यक्ति नभई फरक फरक व्यक्ति रहेको भए, निवेदक बाहेक अन्य कोही कसैको हक लाग्ने भएमा, यसअघि कोही कसैले जग्गा दर्ता नामसारीका लागि | मिसिल भिडाएको भए वा तपसिलमा उल्लिखित जग्गा निवेदकका नाममा दर्ता हुँदा अन्य कोही कसैको हक भोगमा असर पर्ने भए ठोस प्रमाण सहित यो | सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी उजुर गर्न आउनुहोला। सूचना गर्नुहोला। अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।