यसमा का.जि., कागेश्वरी मनोहरा न.पा. ७ बस्ने श्याम बहादुर मिजार समेत २ जनाले दिएको निवेदन अनुसार हाम्रा बाबु भिमसेन सार्कीका नाममा सर्भे नापी भई हाम्री हजुरआमा काली सार्किनिको साविक लगत बोडे मौजा रै. नं. १९ / ९१२ बाट भिड़ी दर्तासम्म हुन बाँकी रहेको तपसिलको जग्गाका ज.ध. भिमसेन सार्कीको मिति २०६३ / ०१ / १३ मा र ज.ध. की पत्नी तथा हाम्री आमा गौथली मिजारको मिति २०६१।०९।२४ मा आ- आफ्नै कालगतिले मृत्यु भई शेष पछिका हकदारमा २ छोराहरू श्याम बहादुर मिजार - १ र चेत बहादुर मिजार मात्र रहेकोमा तपसिलमा उल्लिखित जग्गा छुट दर्ता सहित नामसारीका लागि निवेदन माग गरेको हुँदा निवेदकहरू बाहेक अरू हकदार भए वा माग बमोजिम दर्ता ना. सा. गर्न नमिल्ने कुनै कारण भए वा उक्त जग्गा छुट जग्गा दर्ताका लागि यसअघि अरू कसैले निवेदन माग गरेको भए यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र सप्रमाण दाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम भई जानेछ |