काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. २० बस्ने रबिन्द्र मान श्रेष्ठले निजहरूका पिता रविन्द्र मान श्रेष्ठका नाउँमा नापनक्सा भई दर्ता बाँकी रहेको अवस्थामा ज.ध. नरेन्द्रमान श्रेष्ठको मिति २०५८ / ०१ /०४ मा श्रीमती चन्द्रमाया श्रेष्ठको मिति २०६६/ १० / १२ मा र छोरा राजेन्द्रमान श्रेष्ठको मिति २०४२ / ११ / १४ मा आ- आफ्नै कालगतिले परलोक | भएको र मृतक ज.ध. को नजिकका हकदारमा छोरा रबिन्द्रमान श्रेष्ठ, राजुमान श्रेष्ठ, बिरेन्द्रमान श्रेष्ठ, सानु श्रेष्ठ भानु श्रेष्ठ, महेन्द्रमान श्रेष्ठ र बुहारी रमादेवी श्रेष्ठ समेत जना ७ मात्र भएको हुँदा तपसिलमा उल्लिखित जग्गा मौजा जितपुर हा. नं. ७८ को नरेन्द्रमान श्रेष्ठ र भुवनमान श्रेष्ठको संयुक्त लगतमध्ये भिड्ने जग्गा भएकाले दर्ता / ना. सा. समेत गरी पाऊँ भनी माग निवेदन गर्नुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, | पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता / ना. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए वा यसअघि तपसिलको जग्गा सम्बन्धमा कोही कसैले निवेदन / दाबी पेश गरेको भए यो सूचना | प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भई जानेछ । पुनश्चः मोठ स्रेस्तामा ज.ध. इन्द्रमान श्रेष्ठ का. इ. भिमसेनस्थान तथा फिल्डबुकमा ज.ध. नरेन्द्रमान श्रेष्ठ का. इ. भिमसेनस्थान भई फरक परेको, मिति २०७८ / ०६/०१ मा दर्ता/ना.सा. भिडेको व्यहोरा मोठमा उल्लेख भएको तथा सक्कल मिसिल समेत रहेको हुँदा उल्लिखित मिसिल कोही कसैले भिडाई कारबाहीमा रहेको भए समेत स-प्रमाण दाबी गर्नुहुन ।