Right ClaimLandPublished On: March 17, 2025

ललितपुर जिल्ला, ल.पु.म.न.पा. वडा नं. २४, धापाखेल बस्ने सम्भु बहादुर प्रधानको वारेस गोकर्ण रुपाखेतीले गोपाल बहादुर छे प्रधानका नाउँमा नाप नक्सा भई दर्ता बाँकी रहेको अवस्थामा ज.ध. गोपाल बहादुर नुछे प्रधानको मिति २०४२ / ०३ / २३ मा निजकी श्रीमती मेघ राज्य लक्ष्मी देबी प्रधानको मिति २०५१।०६।२५ मा आ-आफ्नै कालगतिले परलोक भएको र मृतक ज.ध. को नजिकका हकदारहरूमा छोराहरू सम्भु बहादुर प्रधान | र ऋषी बहादुर प्रधान समेत जना २ मात्र भएको हुँदा तपसिलमा उल्लिखित जग्गा साबिक मौजा जितपुर हा. नं. ३४ २ ३५ लगतबाट भिडी दर्ता हुने जग्गा भएकोले दर्ता / ना.सा. समेत गरिपाऊँ भनी माग निवेदन गर्नुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम | दर्ता / ना. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए वा यस अघि तपसिलको जग्गा सम्बन्धमा कोही कसैले निवेदन / दाबी पेश गरेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भई जानेछ |