तपसिल बमोजिम फिल्डबुक कायम भएको जग्गा सर्वे नापीको समयमा साविक मौजा देउपाटन हा.नं. ९२ को न्हुच्छेमाया श्रेष्ठको नामको साविक लगतवाट भिडि सीङ्ग नारायण श्रेष्ठको नाममा नाप नक्सा भई दर्ता | बाँकी रहेकोमा सो जग्गा आफ्नो नाममा दर्ता हुनु अगावै साविक लगतवाला र सर्वे नापीवाला जग्गाधनीहरूको आ- आफ्ना कालगतिबाट परलोक भइ हक खाने हकदारमा म मात्र भएको हुँदा मेरा नाममा दर्ता नामसारी गरिपाऊँ भनी का.म.न.पा. वार्ड नं. ८ बस्ने वालगोपाल श्रेष्ठले माग गर्नु भएको । सोही जग्गा आमा सन्चली | लमिनीको नाउँमा मोही कायम भई नाप नक्सा भएको विर्ता जग्गा भएको हुँदा रैकरमा परिणत गरी मेरा नाममा दर्ता नामसारी गरिपाऊँ भनी का.जि. कपन वार्ड नं. ६ बस्ने रामवहादुर तामाङ्गले माग गर्नु भएको । सोही जग्गा का.जि. का.म.न.पा. वार्ड नं. ८ बस्ने सत्यनारायण वैद्य समेतले पशुपति अमालकोटको जग्गा भएको हुँदा पशुपति अमालकोटको लगत भिडाई दर्ता माग गरेकोमा सत्यनारायण वैद्य समेतले कार्यालयमा उपस्थित भई | वालगोपाल श्रेष्ठ समेतको जग्गा भएको व्यहोरा खुलाई निजहरूको नाममा दर्ता नामसारी गर्न हकछोडी मञ्जुरी सनाखत गरेको निवेदन संलग्न मिसिलको कारबाही सिलसिलामा हकदाबी सम्बन्धी यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । अतः उल्लिखित कित्ता जग्गा रैकर नभई विर्ता वा गुठीको जग्गा भए वा निज वालगोपाल श्रेष्ठको माग बमोजिम निजको नाममा दर्ता नामसारी हुनु नपर्ने भए वा मृतकका निवेदक वाहेक अन्य कोही हकदार भए वा उल्लिखित कित्ता जग्गामा सरकारी, सार्वजनिक, पर्ती, ऐलानी, गुठी तथा अन्य व्यक्ति विशेषको जग्गा घुसी मिसिई नाप नक्सा भएको छ भने आफुपनि हकदार भएको प्रमाण सहित वा निवेदकका नाममा दर्ता नामसारी हुनु नपर्ने कारण सहित आफूसँग भएका सबुद प्रमाण लिई सूचनाको म्यादभित्र हकदाबी गर्न आउनुहोला। अन्यथा नियमानुसार कारबाही भइजाने व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।