Right ClaimLandPublished On: March 17, 2025

यस कुमारी बैंक लिमिटेड शाखा कार्यालय ट्राफिक चोक, बुटवलबाट तपसिलमा उल्लेखित ऋणीले प्राप्त गरेको ऋण कर्जाहरुको बैंकलाई समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज, पेनाल ब्याज आदि चुक्ता भुक्तान गर्न पटक पटक लिखित एवं मौखिक रुपमा सूचना गरी तरताकेता गर्दा समेत नतिरी नबुझाई बैंक संग भएको ऋणकर्जा सम्बन्धी शर्तबन्देजहरु उल्लङ्घन गरेको हुनाले निज ऋणीलाई सम्पूर्ण कर्जा, सो कर्जाको ब्याज, पेनाल ब्याज तथा अन्य दै दस्तुरहरु तिर्न बुझाउनको लागि ३५ दिने सार्वजनीक सूचना प्रकाशित गर्दा समेत बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दै दस्तुरहरु चुक्ता भुक्तान नगरेको हुँदा निज ऋणीले प्राप्त गरेको ऋण कर्जाहरुको सुरक्षण बापत बैंकलाई धितो बन्धक लेखिदिएको तपसिलमा उल्लेखित सम्पत्ति तथा सोको लिगलगापातहरु समेत जहां जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बिक्री गर्न पटक पटक धितो लिलाम सूचना प्रकाशित गरी लिलाम गर्दा समेत लिलाम हुन नसकेकाले यो पुन धितो लिलाम सूचना प्रकाशित गरीएको छ । यो सूचना प्रकाशित भएको मितिले ८ औँ दिन अर्थात मिति २०५१ चैत ११ गते सोमबारको दिन गोप्य शिलबन्दी बोलपत्रद्वारा शाखा कार्यालय ट्राफिक चोक, बुटवलमा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गरिने भएको हुँदा सर्वसाधारणको जानकारीको लागि यो गोप्य शिलबन्दी बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । धितोमा रहेको चल अचल सम्पत्तिहरु सकार गरी लिन ईच्छुक महानुभावहरुले देहायका शर्तबन्देजहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र दिन सक्नुहुनेछ ।