काठमाडौँ जिल्ला, तारकेश्वर न.पा. वडा नं. १ बस्ने केवल दास तिमल्सीनाकी छोराबुहारी हरि प्रसाद तिमल्सीनाकी | पत्नी भगवती तिमल्सीना समेतले सासू / हजुरआमा चन्द्र प्रभा तिमिल्सीनाका नाममा नाप नक्सा भई दर्ता बाँकी रहेको तपसिलमा उल्लिखित जग्गा केवी दासको साविक दर्ता लगत साङ्ला रै.नं. ५६३ (सेर्मा तर्फको) भिडाई उल्लिखित कित्ता जग्गा साविक दर्ता वाला केवल दास / चन्द्र प्रभा तिमल्सीनाको मृत्यु पश्चात् हक खाने हकदारमा भगवती तिमल्सीना - १, पुरुषोत्तम तिमल्सीना - १ र दिपक तिमल्सीना - १ भएको हुँदा हामी निवेदकका नाममा छुट दर्ता/ना.सा. गरिपाऊँ भनी द.नं. ३९५६ मिति २०८११०/०८ को निवेदनबाट माग दाबी गरेकोमा तपसिलमा उल्लिखित जग्गा माग बमोजिम निवेदकका नाममा दर्ता / ना. सा. गर्न नमिल्ने कुनै कारण भए वा सरकारी सार्वजनिक सम्पत्तिको नोक्सानी हुने भए, साविक दर्तावाल केवल दास तिमल्सीना र चन्द्र प्रभा तिमल्सीनाको अन्य हकवाला कोही रहेको भए, साविक दर्ता लगतवाला केवी दास, फिल्डबुकको ज.ध. केवल दास तिमल्सीना एकै व्यक्ति नभई फरक फरक व्यक्ति रहेको भए, निवेदक बाहेक अन्य कोही कसैको हक लाग्ने भएमा, यसअघि कोही कसैले | जग्गा दर्ता नामसारीका लागि मिसिल भिडाएको भए वा तपसिलमा उल्लिखित जग्गा निवेदकका नाममा दर्ता हुँदा अन्य कोही कसैको हक भोगमा असर पर्ने भए ठोस प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी उजुर गर्न आउनुहोला । सूचना गर्नुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।