Right ClaimLandPublished On: March 19, 2025

यसमा काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. १५ बस्ने निवेदक सुश्री भिक्षुनी छोटेन श्रेष्ठले म निवेदक तथा हिसे साङबो र पेमा छयोदेन समेत जना ३ का संयुक्त नाममा दर्ता प्रमाणित रहेको का.जि., साविक सीतापाइला वडा नं. ९ कि.नं. ९४ को क्षेत्रफल ०-६-२-० जग्गाका दर्तावालाहरूमध्ये हिसे साङवोको मिति २०६९।११।४ मा र पेमा छयोदेनको मिति २०७७ ८५ मा अविवाहित अवस्थामा मृत्यु भएको हुँदा निजहरूको संरक्षण र जिवित रहँदासम्म लालन पालन औषधी उपचार र मृत्युपछि काजकिरिया पिण्डपानी दान धर्म समेत म निवेदकले नै गरेको हुँदा माथि उल्लिखित जग्गा देवानी संहिता ऐन २०७४ को दफा २४३ बमोजिम मेरो नाममा ना.सा. हा.सा. गरी ज.ध. प्रमाण पुर्जा पाऊँ भनी द.नं. १३०८२ मिति २०८१।११।२५ को माग निवेदन परेकोमा उक्त कित्ताको मोठ रोक्का भिडाउँदा उल्लिखित कित्तामा ज.ध. सशस्त्र प्रहरी वल प्रधान कार्यालयका नाममा रहेको स्रेस्तामा रातोपेनले गोलो लगाएको र धर्को तानिएको देखिन्छ । कैफियत देखिदैन साविक ज.ध. ठेली नं. ४५ १७९७७७ मा हिर्से साङवो पेमा छ्योदेनबाट मि.नं. ४क २०६४।५।२० को अधिग्रहण निर्णयले उक्त कित्ता पूरै सशस्त्र प्रहरी बलको नाममा गएको स्रेस्तामा जनिएको देखिन्छ रोक्का देखिएन भन्ने व्यहोरा भिडी आएको देखिँदा उल्लिखित कित्ता जग्गा मागदाबी बमोजिम हा. सा. ना. सा. हुन नपर्ने भए सोको कारण सहित हकदाबी विरोध गर्न यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।