AuctionLandPublished On: March 20, 2025

यस विकास बैंकबाट तपसिलमा उल्लेखित ऋणीले विभिन्न कर्जा शीर्षक अन्तर्गत विभिन्न प्रयोजनको लागि लिएको कर्जाको यस विकास बैंकसँग गरेको सम्झौता बमोजिम समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा व्याज र अन्य वै वस्तुर रकम तिर्न बुझाउन पटक-पटक मौखिक तथा लिखित तरताकेता गर्दा र विभिन्न मितिमा राष्ट्रिय स्तरको दैनिक पत्रिकाहरुमा कर्जा चुक्ता गर्न आउने बारे सूचना प्रकाशित गर्दा समेत नतिरी नबुझाई कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लघन गरेको हुनाले विकास बैंकलाई कर्जा लिँदाको बखत धितो स्वरुप लेखि लेखाई दिएको तपसिल बमोजिमको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा "बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले दिएको अधिकार प्रयोग गरी लिलामद्वारा बिक्री गरीने भएको हुँदा इच्छुक महानुभावहरुले तपसिलमा उल्लेखित शर्त बन्देजको अधिन‌मा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नहुन आह्वान गरिन्छ । धितो सुरक्षणमा रहेको सम्पत्तिहरुको लिलाम बिक्रीबाट कर्जा असुली हुन नसकेमा ऋण तथा धनजमानीकर्ताहरुको हक अंश लाग्ने अन्य चल अचल सम्पत्तिबाट समेत असुल उपर गरिने र नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध पक्षहरुलाई कालोसूचीमा समावेश गराउन कर्जा सूचना केन्द्रमा सिफारिस गरि पठाउने व्यहोरा समेत ऋणी र धन जमानीकर्ताहरुलाई यसै सूचना मार्फत जानकारी गराइन्छ । साथै, यसै सूचनालाई आधार मानि ऋणी तथा धन जमानीकर्ताहरुले सो दिन अगावै बैंकमा उपस्थित भई सम्पूर्ण कर्जा राफसाफ गरेमा लिलाम कार्य स्थगित गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।