Right ClaimLandPublished On: March 20, 2025

काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. ३० बस्ने गुरु पुरोहित गोविन्द राज पाण्डेको नाति, विभव राज पाण्डेको छोरा, सन्तोष राज पाण्डेले मेरो कान्छा बुवा कान्छा बाजे भन्ने मदनराज पाण्डेका नाममा नापनक्सा भई दर्ता बाँकी रहेको तपसिलमा उल्लिखित जग्गा विनायक राज पाण्डे - १, गोविन्द राज पाण्डे - १, नयन राज पाण्डे - १, जनार्दन राज पाण्डे - १, अशोक राज पाण्डे - १ र भुवन कुमारी - १ का. जि. डिल्लीबजार जना - ६ को साविक दर्ता लगत बालाजु मौजा हा.नं. २२६८ भिडाई उल्लिखित कित्ता जग्गा साविक ज.ध. कान्छा बाजे भन्ने मदन राज पाण्डेको मिति २०८१/०२/१४ मा | आफ्नै कालगतिले मृत्यु भएको र निजले म निवेदकलाई र.नं. ५४९ मिति २०८० / ६ / १४ मा शेष पछिको बकसपत्र (अष्टलोह) पारित गरिदिनुभए बमोजिम उक्त कित्ता जग्गा मेरो नाममा छुट जग्गा दर्ता नामसारी गरिपाऊँ भनी निवेदक सन्तोष राज पाण्डेले द.नं. १८७६ मिति २०८१ / ७ / २ को निवेदनबाट माग दाबी लिएकोमा तपसिलमा उल्लिखित जग्गा | माग बमोजिम निवेदकका नाममा दर्ता/ना. सा गर्न नमिल्ने कुनै कारण भए वा सरकारी सार्वजनिक सम्पत्तिको नोक्सानी | हुने भए, साविक दर्तावाल विनायक राज पाण्डे, गोविन्द राज पाण्डे, नयन राज पाण्डे, जनादन राज पाण्डे, अशोक राज पाण्डे र भुवन कुमारी समेत जना ६ का अन्य हकवालाको दाबी विरोध भए, फिल्डबुकमा उल्लिखित ज.ध. कान्छा | बाजे र मदन राज पाण्डे भन्ने व्यक्ति एकै व्यक्ति नभई फरक फरक व्यक्ति रहेको भए, कान्छा बाजे भन्ने मदन राज पाण्डेको अन्य कोही हकवाला भए वा निवेदक बाहेक अन्य कोही कसैको हक लाग्ने भएमा, यसअघि कोही कसैले जग्गा दर्ता नामसारीका लागि मिसिल भिडाएको भए वा तपसिलमा उल्लिखित जग्गा निवेदकका नाममा दर्ता हुँदा अन्य कोही कसैको हकभोगमा असर पर्ने भए ठोस प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी उजुर गर्न आउनुहोला / सूचना गर्नुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा | सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।