Right ClaimLandPublished On: March 20, 2025

तनहुँ जिल्ला, व्यास न.पा. वडा नं. २ बस्ने चन्द्रकुमार श्रेष्ठको नाति देबेन्द्र कुमार श्रेष्ठको छोरा रोहीत कुमार श्रेष्ठ र बिनोद कुमार श्रेष्ठले निजहरूकी आमा गौरा श्रेष्ठ र फुपू सुश्री चम्सुरी कुमारी श्रेष्ठ समेत जना २का | संयुक्त नाममा स्रेस्ता कायम का.जि. मनमैंजु वडा नं. १ सिट नं. १०२०९८४०४ कि.नं. ४७ क्षेत्रफल १४३.०६ व.मि. जग्गा रहेकोमा आमा गौरा श्रेष्ठको मिति २०७७।०१।०५ मा र फुपू सुश्री चम्सुरी कुमारी श्रेष्ठको मिति | २०७९/०९/१२ मा अविवाहित अवस्थामा आ- आफ्नो कालगतिले परलोक भएको र मृतक फुपू सुश्री चम्सुरी कुमारी श्रेष्ठको पालन पोषण निवेदक रोहित कुमार श्रेष्ठ र बिनोद कुमार श्रेष्ठले गरेको भन्ने व्यहोराको व्यास नगरपालिका वडा नं. २ को च.नं. १००१ मिति २०८१।११।२७ को किटानी सिफारिस संलग्न राखी उल्लिखित कित्ता जग्गामा नामसारी माग गरेको हुँदा तपसिलमा उल्लिखित जग्गा माग बमोजिम निवेदकहरूका नाममा नामसारी हुनु नपर्ने भए वा निवेदक बाहेक अरु हकदार भए वा फुपू सुश्री चम्सुरी कुमारी श्रेष्ठको पालन पोषण औषधी | उपचार अरू कसैले गरेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजानेछ |