Loan Payment NoticeLandPublished On: March 21, 2025

यस ज्योति विकास बैंक लिमिटेडको तपसिलमा उल्लेखित शाखा कार्यालयहरुबाट तपसिलमा उल्लेखित ऋणीहरुले लिनु भएको ऋण कर्जाको समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, ब्याज, थप ब्याज, आदि तिनं बुझाउनको लागि पटक पटक फोन मार्फत, मौखिक एवं लिखित रुपमा अनुरोध गरी तरताकेता गर्दा समेत बैंकको अनुरोधलाई बेवास्ता गरी कर्जा भुक्तानी नगर्नु भएकोले कर्जा भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा सम्पर्क राखी कजां सम्झौता बमोजिम बैंकलाई तिर्न बुझाउन पर्ने सम्पूर्ण क्यौता रकम चुक्ता भुक्तान गर्नुहोला । अन्यथा प्रचलित ऐन, कानून एवं यस बैंकसँग गरेको लिखत बमोजिम धितोमा रहेको चल अचल सम्पत्ति लिलाम विक्री वा अन्य व्यवस्था गरी बैंकको लेना रकम असुल गरिनुका साथै ऋणी तथा सम्बन्धित पक्षहरुलाई कजां सूचना केन्द्रको कालोसूचिमा नाम सूचिकृत गर्न समेत लेखि पठाइने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ । साथै धितोबाट समेन बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८, प्रचलित ऐन कानून अनुसार ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरी ऋणी तथा सम्बन्धित पक्षको अन्य चल अचल जायजेथा श्रीसम्पत्तिवाट समेत बांकी लेना रकम असुल उपर गरिने हुँदा यथाशिघ्र कर्जा चुक्ता गर्न गराउनु हुन ऋणी तथा सम्बन्धित पक्ष सबैलाई यसै सूचनाद्वारा अनुरोध गरिन्छ ।