काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. २७ बस्ने बासुलाल श्रेष्ठ समेतले निजका बाबु तथा ससुरा रत्नलाल श्रेष्ठका नाउँमा नापनक्सा भई दर्ता बाँकी रहेको अवस्थामा ज.ध. रत्नलाल श्रेष्ठको मिति २०३१ सालमा, निजकी श्रीमती सुवर्ण कुमारी श्रेष्ठको मिति २०३९।०९।१५ मा, छोरा कृष्णलाल श्रेष्ठको मिति २०७८।०८।२३ मा आ-आफ्नै कालगतिले परलोक भएको र मृतक ज.ध. को नजिकका हकदारहरूमा छोरा बासुलाल श्रेष्ठ र बुहारी गुहेश्वरी श्रेष्ठ समेत जना २ मात्र भएको हुँदा तपसिलमा उल्लिखित जग्गा साबिक मौजा काठमाडौँ रै.नं. २२८८ मध्येको लगतबाट भिडी दर्ता हुने जग्गा भएकोले दर्ता / ना. सा. समेत गरिपाऊँ भनी माग निवेदन गर्नुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता / ना. सा. हुनुनपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए वा यस अघि तपसिलको जग्गा सम्बन्धमा कोही कसैले निवेदन/ दाबी पेश गरेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजानेछ ।
पुनश्च मि.नं. ०७६/०८०/०८१ मा किरण श्रेष्ठ समेतले दर्ता/ नामसारीका माग निवेदन दिएको मोठ स्रेस्तामा उल्लेख भएको मि. नं. ५२ / ०६६/६७ रत्नलाल श्रेष्ठ भिडेको, मि. नं. १९९/०६६/०६७ कि.नं. १४९ को हकमा बाटुली कार्की दर्ता/ना.सा. भिडेको व्यहोरा मोठमा उल्लेख भएको तथा सक्कल मिसिल समेत फेला नपरेको हुँदा | उल्लिखित मिसिल कोही कसैले भिडाई कारबाहीमा रहेको भए समेत स-प्रमाण दाबी गर्नुहुन।