यसमा का.जि., साविक चोभार भुतखेल वडा नं. ५ हाल की. न.पा. वडा नं. ६ बस्ने रत्न बहादुर महर्जनले मेरो पिता सन्त बहादुर महर्जनको नाममा साविक सर्भे नापीको समयमा नाप नक्सा भई फिल्डबुक तथा स्रेस्ता कायम रहेको तपसिल अनुसारको जग्गा सन्त बहादुर महर्जनको नामको साविक मौजा चोभार रै.नं. १००५ को लगत भिडाई दर्ता हुने हुँदा फिल्डबुकवाला ज.ध. सन्त बहादुर महर्जनको मिति २०३५ ९ | १५ मा निजकी पत्नी तथा मेरी आमा भिम ठकुँ माया भन्ने भिम थकुँ महर्जनको मिति २०६३ | ११६ मा आ- आफ्नै कालगतिले परलोक भई शेषपछि हक खाने हकदारमा म निवेदक एक मात्र छोरा भएको हुँदा उल्लिखित जग्गाहरू मेरा नाममा दर्ता नामसारी गरिपाऊँ भनी द.नं. ७९३ मिति २०८ १ | ४ | १४ मा निवेदन पेश गरेको हुँदा निवेदकको माग दाबी बमोजिम दर्ता/ना.सा. गरिदिँदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन, अन्य कसैको हक लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स - प्रमाण सहित हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।