यस बैंकबाट तपसिलमा उल्लेखित ऋणीले लिनु भएको कर्जा रकम चुक्तामुक्तान गर्ने मिति समाप्त भई सक्दा पनि बैंकसंग गर्नुभएको सम्झौता बमोजिम कर्जा चुक्ता फछ्यौट नगर्नु भएको र यस बैंकबाट पटकपटक मौखिक तथा लिखित तरताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी | ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ताफछ्यौट गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुँदा यो सूचना प्रकाशित गरिएको |छ। अतः यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकमा सम्पर्क राखी सम्झौता बमोजिम बैंकलाई तिर्न बुझाउन बाँकी सम्पूर्ण रकम चुक्ताफछ्यौट गर्न गराउनहुन ऋणी जमानतकतां तथा धितो सुरक्षणधनी लगायत सम्बद्ध सबैमा सूचित गरिन्छ । यस सूचनाको समेत बेवास्ता गरी उल्लेखित समयावधि भित्र कर्जा चुक्ता फछ्यौट नगरेको खण्डमा ऋणी तथा जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कजां सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कजां सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सिफारिस गरीने व्यहोरा जानकारी गराउदै कजोंको सुरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपसिलमा उल्लेखित सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी प्रस्तुत सूचनाको म्याद भित्र प्राप्त हुन आएका गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्ति के कति मुल्यमा खरिद गरी लिने हो सो खुलाई यो सूचना प्रकाशित भएको मितिले ३६ औं दिन देखि ४२ औं दिन भित्र शिलबन्दी बोलपत्र बैकको शाखा कार्यालय, शंखमूल, काठमाण्डौमा दाखिल गर्नु हुन ईच्छुक महानुभावहरु सबैको जानकारीको लागि समेत यो सूचना प्रकाशित गरिएको छ। प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ४३ औं दिन अर्थात मिति २०६२/०१/२२ गते सोमबार सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको दिन बैंकको शाखा कार्यालय, शंखमूल, काठमाण्डौमा दिनको ठीक २:०० (दुई बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षणधनी, इच्छुक बोलपत्रदाता तथा सम्बद्ध सबैमा अनुरोध छ। प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण |दशांई स्वीकार या अस्वीकार गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ। कुनै कारणवश तपसिलमा उल्लेखित सम्पत्ति लिलाम बिक्री नभएमा सो सम्पत्ति अन्य व्यवस्था गरी बेच बिखन गर्न सक्ने वा प्रचलित कानून बमोजिम बैंकले सकार गरी लिन सक्ने व्यहोरा र उक्त सम्पत्तिबाट बैंकको सम्पूर्ण वक्यौता असूलउपर नभएमा प्रचलित कानून बमोजिम असुलउपर गरी लिईने व्यहोरा समेत जानकारी गराइन्छ ।