Right ClaimLandPublished On: March 25, 2025

यसमा काठमाडौँ जिल्ला, कीर्तिपुर न.पा. वडा नं. ५ बस्ने श्रीकृष्ण महर्जनले जिजुबाजे जगतमान भन्ने सिलाल महर्जनको नाममा साविक सर्भे नापीको समयमा नापनक्सा भई फिल्डबुक कायम रहेको तपसिल अनुसारको जग्गा किसलाल महर्जनको नामको साविक मौजा कीर्तिपुर रै.नं. १६५५ बाट लगत भिडाई दर्ता हुने हुँदा फिल्डबुकवाला ज.ध. जिजुबाजे जगतमान भन्ने सिलाल महर्जनको मिति १९८० सालमा, जिजू बज्यै आशामाया महर्जनको मिति १९८५ सालमा परलोक भई निजहरूको हक खाने हकदार एक मात्र छोरा बाजे किसलाल महर्जनको मिति २०१० मा निजकी पत्नी लान महर्जनको मिति २०१२ सालमा अन्यत्र विवाह गरी गएकोमा निजहरूको हकदार एक मात्र छोरा बुलाल महर्जनको मिति २०५७।५।२९, आमा झ्यापु महर्जनको मिति २०७८ । १२ २८ मा परलोक भएको हुनाले निजहरूको शेषपछि हक खाने हकदारमा हरि कृष्ण महर्जन १, र श्रीकृष्ण महर्जन १ समेत जना २ भएकोमा हरिकृष्ण महर्जनको मञ्जुरीले म निवेदक श्रीकृष्ण महर्जनको एकलौटी नाममा दर्ता नामसारी गरी ज.ध. प्रमाण पुर्जा पाऊँ भनी द.नं. ११७४१ मिति २०८१११२ मा निवेदन पेश गरेको हुँदा निवेदकको माग दाबी बमोजिम दर्ता/ना.सा. गरिदिँदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन, अन्य कसैको हक लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित हकदाबी गर्न आउनुहोला अन्यथा कानून | बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।