Right ClaimLandPublished On: March 25, 2025

 यसमा काठमाडौँ जिल्ला, कीर्तिपुर न.पा. वडा नं. ५ बस्ने ओम प्रकाश श्रेष्ठले बाजे भिम बहादुर श्रेष्ठको नाममा साविक सर्भे नापीको समयमा नाप नक्सा भई फिल्डबुक कायम रहेको तपसिल अनुसारको जग्गा भिम बहादुर श्रेष्ठको नामको साविक मौजा चोभार रै.नं. ३५१ आ.न. ६२१ को लगत भिडाई दर्ता हुने हुँदा फिल्डबुकवाला ज.ध. बाजे भिमबहादुर श्रेष्ठको मिति २०३१ सालमा, बज्यै श्रीमती बुद्धि कुमारी श्रेष्ठको मिति २०४० सालमा आ- आफ्नै कालगतिले परलोक भएकोमा निजहरूको हक खाने हकदारमा छोराहरू महन्त श्रेष्ठ १ र हरि शरण श्रेष्ठ १ गरी जना २ मात्र भएकोमा महन्त श्रेष्ठको मिति २०४० सालमा, निजकी पत्नी ज्ञानी श्रेष्ठको मिति २०५८ ।१ २३ मा परलोक भई हकदारमा छोराहरू हेमचन्द्र श्रेष्ठ १ र हरिचन्द्र श्रेष्ठ १ समेत जना २ भएकोमा हेमचन्द्र श्रेष्ठको मिति २०६६।५ ५ मा परलोक भई हक खाने हकदारमा पत्नी श्रीमती निलकुमारी श्रेष्ठ र छोराहरू सुरेश श्रेष्ठ १, जनेश श्रेष्ठ १ मात्र भएको साथै भिम बहादुर श्रेष्ठको अर्का हकदार छोरा हरिशरण श्रेष्ठको मिति २०३५ / २।१० मा निजकी पत्नी श्रीमती अष्टमाया श्रेष्ठको पनि मिति २०६१।२।२७ मा परलोक भएकोले हकदारमा म निवेदक एक मात्र छोरा ओम प्रकाश श्रेष्ठ भएको हुँदा माथि उल्लिखित हकदारहरू हरिचन्द्र श्रेष्ठ, श्रीमती निल कुमारी श्रेष्ठ, सुरेश श्रेष्ठ, जेनश श्रेष्ठको मञ्जुरीले उल्लिखित जग्गा मेरो एकलौटी नाममा दर्ता नामसारी गरिपाऊँ भनी द.नं. १३२८४ मिति २०६१।११।२७ मा निवेदन पेश गरेको हुँदा निवेदकको मागदाबी बमोजिम दर्ता/ना. सा. गरिदिँदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन, अन्य कसैको हक लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित हकदाबी गर्न आउनुहोला अन्यथा कानून | बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।