यसमा ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा. वडा नं. ३ बस्ने प्रकाश कार्कीले हामीहरूको पिता तथा ससुरा हेम बहादुर | कार्कीको नाममा साविक सर्भे नापीको समयमा नाप नक्सा भई फिल्डबुक कायम रहेको तपसिल अनुसारको जग्गा हेम बहादुर कार्कीको नामको साविक मौजा चोभार हा नं. ६५ को लगत भिडाई दर्ता हुने हुँदा फिल्डबुकवाला ज.ध. हेम बहादुर कार्कीको मिति २०१६ सालमा, निजकी जेठी पत्नी मन कुमारी कार्कीको मिति २०२६ सालमा कान्छी पत्नी वेद कुमारी कार्कीको मिति २०४९।१०।१४ मा परलोक भएकोमा निजहरूको शेष पछिको हकदारहरूमा ज्ञान बहादुर कार्की १, प्रकाश कार्की १, अच्युत कार्की १ समेत जना ३ रहेकोमा ज्ञान बहादुर कार्कीको निधन भई निजकी पत्नी विन्दु कार्कीको समेत परलोक भएको, निजहरूको हकदार मदन कार्की १ मात्र रहेको तथा वेद कुमारी कार्कीको तर्फबाट म प्रकाश कार्की र अच्युत कार्की भएकोमा अच्युत कार्कीको पनि परलोक भई निजकी पत्नी मिना कार्की रहेकोमा हामी जीवित हकदारहरू बीच र. नं. ९९६८ मिति २०६०।३।१५ को अंशबण्डा लिखत अनुसार | उक्त कित्ता जग्गा हामी निवेदक प्रकाश कार्की र मिना कार्कीको संयुक्त नाममा परेको हुँदा हामीहरूको संयुक्त नाममा दर्ता नामसारी गरिपाऊँ भनी द.नं. ३२८५ मिति २०८१५।२४ मा निवेदन पेश गरेको हुँदा निवेदकहरूको माग दाबी बमोजिम दर्ता/ना.सा. गरिदिँदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन, अन्य कसैको हक लाग्ने भए यो सूचना | प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।