Right ClaimLandPublished On: March 27, 2025

का.जि. का.म.न.पा. वडा नं. २० बस्ने हिरालाल श्रेष्ठको छोरा ऐश्वर्य लाल श्रेष्ठले बाबु हिरालाल श्रेष्ठको नाममा नापनक्सा भएको तपसिलमा उल्लिखित जग्गा हिरालाल श्रेष्ठको टोखा मौजा रै.नं. ११५२ साविक दर्ता लगत भिडाई बाबु हिरालाल श्रेष्ठ र आमा तुलसीदेवी श्रेष्ठको मृत्यु पश्चात् हक खाने हकदारमा निवेदक ऐश्वर्यलाल श्रेष्ठ बाहेक अरू कोही नभएको हुँदा माथि उल्लिखित जग्गा हिरालाल श्रेष्ठका नाममा साविक लगत भिडाई मेरो नाममा एकलौटी नामसारी गरिपाऊँ भनी द.नं. ५०६४ मिति २०८१ / २ / २१ को निवेदनबाट माग दाबी गरेकोमा माग बमोजिम निवेदकका नाममा दर्ता / ना. सा. गर्न नमिल्ने कुनै कारण भए वा सरकारी सार्वजनिक सम्पत्तिको नोक्सानी हुने भए, साविक दर्तावाल हिरा लाल श्रेष्ठको अन्य हकवाला कोही रहेको भए, फिल्डबुकमा उल्लिखित ज.ध. हेरालाल श्रेष्ठ र हिरालाल श्रेष्ठ एकै व्यक्ति नभई फरक फरक व्यक्ति रहेको भए, निवेदक बाहेक उक्त जग्गामा अन्य कोही कसैको हक लाग्ने भएमा, यसअघि कोही कसैले जग्गा दर्ता नामसारीका लागि मिसिल भिडाएको भए वा तपसिलमा उल्लिखित जग्गा निवेदकका नाममा दर्ता हुँदा अन्य | कोही कसैको हकभोगमा असर पर्ने भए ठोस प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी उजुर गर्न आउनुहोला/सूचना गर्नुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।