का.जि. का.म.न.पा. वडा नं. २४ बस्ने काजि मान तुलाधरकी नातिनी, तारा तुलाधरकी छोरी, पुनम तुलाधरले आमा लक्ष्मी माया भन्ने लक्ष्मी हेरा तुलाधरको नाममा नापनक्सा भएको तपसिलमा उल्लिखित जग्गा लक्ष्मीमाया तुलाधरनीको साविक दर्ता लगत साङ्ला मौजा हा. नं. ४७७ बाट भिडाई आमा लक्ष्मी माया भन्ने लक्ष्मी हेरा तुलाधारको | मिति २०७८ / १/३ मा र पिता तारा तुलाधरको २०७९ / ११ / १४ मा परलोक भएकोमा निजहरूको हक खाने हकदार म निवेदक एकाघरकी अविवाहित छोरी पुनम तुलाधर - १ र एकाघरका भाइ सरोज तुलाधर - १ समेत भएकोले हामी हकवालाका नाममा दर्ता / ना.सा. गरिपाऊँ भनी द.नं. ४५४१ मिति २०८१ / ११ / ११ को निवेदनबाट मागदाबी गरेकोमा | माग बमोजिम निवेदकका नाममा दर्ता/ना.सा. गर्न नमिल्ने कुनै कारण भए वा सरकारी सार्वजनिक सम्पत्तिको नोक्सानी हुने भए, साविक दर्तावाल लक्ष्मी माया भन्ने लक्ष्मी हेरा तुलाधरको अन्य हकवाला कोही रहेको भए, फिल्डबुकमा जनिएको ज.ध. लक्ष्मी माया तुलाधर्नी र लक्ष्मी हेरा तुलाधर एकै व्यक्ति नभई फरक फरक व्यक्ति रहेको भए निवेदकहरू बाहेक उक्त जग्गामा अन्य कोही कसैको हक लाग्ने भएमा, यसअघि कोही कसैले जग्गा दर्ता नामसारीका लागि मिसिल भिडाएको भए वा तपसिलमा उल्लिखित | जग्गा निवेदकका नाममा दर्ता हुँदा अन्य कोही कसैको हकभोगमा असर पर्ने भए ठोस प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी उजुर गर्न आउनुहोला/सूचना गर्नुहोला। अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।