यस बैंकको तपसिलमा उल्लेखित ऋणीहरूले विभिन्न कर्जा शिर्षक अन्तर्गत लिएको ऋणकर्जाको तोकिएको समयावधी भित्रमा तिर्नु बुझाउनु पर्ने रकमहरु तिर्न बुझाउनका लागी पटक पटक लिखित तथा मौखिक तरताकेता गर्दा समेत नतिरी नबुझाई ऋणकर्जा सम्बन्धि शर्त बन्देजहरुको उल्लंघन गर्नु भएकोले ऋणकर्जा चुक्ता भुक्तान गर्न ल्याउने बारेको यो ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतीस) दिनभित्र यस बैंकमा सम्पर्क राखी तपाई ऋणीहरुले लिएको ऋणकर्जाको सम्पूर्ण साँवा, ब्याज लगायत अन्य दायित्वहरु समेत चुक्ता भुक्तान गर्नुहोला । उपरोक्त तोकिएको म्यादभित्र बैंकलाई तिर्नु, बुझाउनु पर्ने सम्पूर्ण रकम (साँवा, ब्याज, हर्जाना व्याज आदि) नबुझाएमा प्रचलित कानुन तथा ऋणी र यस बैंकबीच भएको लिखतको शर्त अनुसार ऋणीको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गरिने तथा धितोमा रहेको तपसिलमा उल्लेखित सम्पत्तिहरु लिलाम बिक्री गरी यस बैंकको लेना रकम असुल उपर गरिनेछ । कथंकदाचित लिलाम बिक्रीबाट प्राप्त रकमले लेना रकम असूल उपर हुन नपुग भएमा वा धितोको सम्पत्ति लिलाम बिक्री हुन नसकेमा प्रचलित कानून बमोजिम अन्य कानूनी कारवाहीहरुको प्रकृया थालनी गरिने व्यहोरा समेत सम्बन्धित ऋणी, व्यक्तिगत जमानतकर्ताहरु तथा धितो जमानी दिनु हुने महानुभावहरुलाई समेत यसै सूचनाद्वारा जानकारी गराउंदछौं ।