का.जि., तारकेश्वर न.पा. वडा नं. १ बस्ने मेयर सिंह लामाको नाति शेरमान लामाको छोरा कृष्ण बहादुर लामाले बाबु शेरमान लामा भन्ने सेर बहादुर लामाको नाममा नाप-नक्सा भएको तपसिलमा उल्लिखित जग्गा सेर बहादुर लामाको नामको साङ्ला मौजा रै.नं. ६५५ सेर्मा तर्फको साविक दर्ता लगत भिड़ाई बाबु शेरमान लामा भन्ने सेर बहादुर लामाको मिति २०३२ मा आमा पार्वति लामाको मिति २०२५ मा परलोक हुनु भई निजको शेषपछि हक खाने हकदारमा कृष्ण बहादुर लामा - १ भएको हुँदा मेरो नाममा एकलौटी नामसारी गरिपाऊँ भनी द.नं. ३८७४ मिति २०८१।१०।२ को निवेदनबाट माग दाबी गरेकोमा माग बमोजिम निवेदकका नाममा दर्ता/ना. सा. गर्न नमिल्ने कुनै कारण भए वा सरकारी सार्वजनिक सम्पत्तिको नोक्सानी हुने भए, साविक दर्तावाल सेर बहादुर लामाको अन्य हकवाला कोही रहेको भए, फिल्डबुकमा उल्लिखित ज.ध. सेर बहादुर लामा र शेरमान लामा एकै व्यक्ति नभई फरक फरक व्यक्ति रहेको भए, निवेदक बाहेक उक्त जग्गामा अन्य कोही कसैको हक लाग्ने भएमा, यसअघि कोही कसैले जग्गा दर्ता नामसारीका लागि मिसिल भिडाएको भए वा तपसिलमा उल्लिखित जग्गा निवेदकका नाममा दर्ता हुँदा अन्य कोही कसैको हक भोगमा असर पर्ने भए ठोस प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी उजुर गर्न आउनुहोला। सूचना गर्नुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।