Right ClaimLandPublished On: April 2, 2025

का.म.न.पा वडा नं. २३ बस्ने हिरामान डंगोलको नाममा सर्भे नापीको समयमा नाप नक्सा भई दर्ता स्रेस्ता कायम भई दर्ता बाँकी रहेको का.जि. खड्का भद्रकाली गा.वि.स. वडा नं. ५ख कि.नं. ४८ क्षे.फ. १-५-१-० जग्गाको टोखा मौजा हा. नं. ९१६ हिरामान डंगोलको नाममा कायम दिदोल खला मध्येबाट लगत भिडाई निवेदक जनार्दन मान डंगोलको बाजे हिरामान डंगोलको मिति २०३९ मा, बज्यै मोतिमाया डंगोलको मिति २०२८ सालमा र बाबु चक्रमान डंगोलको २०३१।०३।०९ मा, आमा चन्द्रमाया डंगोलको पनि मृग्यु भएकोमा निजका हकदार छोराहरूमध्ये मधुसुदन मान सिंह डंगोलको मिति २०७८।०२।२४ मा मृत्यु भई निजहरूका हकदारहरू सुदर्शनमान सिंह डंगोल १, जनार्दन मान डंगोल १ र सारदा मोहिनी डंगोल १ समेत ३ जनाको नाममा छुट जग्गा दर्ता ना.सा. माग भएको हुँदा उक्त जग्गा सरकारी सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता हुनु नपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम भई जानेछ । फिल्डबुकको व्यहोरा तपसिल ।