Right ClaimLandPublished On: April 3, 2025

तपसिल बमोजिम फिल्डबुक कायम भएको जग्गा सर्भे नापीको समयमा साविक मौजा बूढानीलकण्ठ हा.नं. १६ को बाबु केशवनाथ उपाध्यायको नामको साविक लगतबाट भिडी निजको नाममा नापनक्सा भई दर्ता बाँकी रहेकोमा सो जग्गा आफ्नो नाममा दर्ता हुनु अगावै साविक लगतवाला र सर्भे नापीवाला जग्गाधनी बाबु केशवनाथ उपाध्याय भन्ने सीवनाथ उपाध्यायको आफ्ना कालगतिबाट मिति २०५०/०४/१२ मा परलोक भई हक | खाने हकदारमा हामी छोराहरू जनकनाथ उपाध्याय, विष्णु प्रसाद उपाध्याय पौडेल, विमल कुमार उपाध्याय र केदार प्रसाद उपाध्याय समेत जना - ४ मात्र भएको हुँदा हाम्रा संयुक्त नाममा दर्ता नामसारी गरी पाऊँ भनी जिल्ला काठमाडौँ साविक ठमेल हाल का.म.न.पा. - ३२ बस्ने केदार प्रसाद उपाध्यायले माग गर्नु भएको निवेदन संलग्न मिसिलको कारबाही सिलसिलामा हकदाबी सम्बन्धी यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । अतः उल्लिखित कित्ता दर्ता माग भएको लगत केशवनाथ उपाध्यायको नाममा र मोठ सेस्ता सीवनाथ उपाध्यायको | नाममा कायम रहेको देखिँदा दुवै नाम गरेका एकै व्यक्ति निवेदकका बाबु नभए वा उल्लिखित कित्ता जग्गा रैकर नभई बिर्ता वा गुठीको जग्गा भए वा निवेदक केदार प्रसाद उपाध्यायको माग बमोजिम निजहरूको नाममा दर्ता नामसारी हुनु नपर्ने भए वा मृतकका निवेदकहरू बाहेक अन्य कोही हकदार भए वा उल्लिखित कित्ता जग्गामा सरकारी, सार्वजनिक, पर्ती, ऐलानी, गुठी तथा अन्य व्यक्ति विशेषको जग्गा घुसी मिसिई नापनक्सा भएको छ भने आफू पनि हकदार भएको प्रमाण सहित वा निवेदकका नाममा दर्ता नामसारी हुनु नपर्ने कारण सहित आफूसँग भएका सबुद प्रमाण लिई सूचनाको म्यादभित्र हकदाबी गर्न आउनुहोला। अन्यथा नियमानुसार कारबाही भई जाने व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।