यस बैंकबाट तपसिलमा उल्लेखित ऋणीले प्राप्त गर्नुभएको ऋण कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नर्तिन् नबुझाउनु भएको हुँदा सो सम्बन्धमा पटक पटक मौखिक तथा लिखित रुपमा तताकेता गर्दा विभिन्न मितिको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा ऋणकर्जा चुका भुक्तान गर्नको लागि ३५ दिने सार्वजनिक सूचना तथा धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्रि बोलपत्र आव्हान सम्बन्धी १५ (पन्ध्र) दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत उक्त ऋणकर्जाको बाँकी साँवा व्याज चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरी नर्तिन नबुझाउनु भएको हुँदा ऋणीले बैंकसँग गरेको ऋणकर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गर्नु भएकोले सो ऋणकर्जाको सुरक्षण वापत धितो लेखिदिएको तपसिलमा उल्लेखित चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा प्रचलित कानूनको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले यो सूचना प्रकाशित गएको ७ (सात) दिन ( सो दिन सार्वजनिक बिदा परेमा बिदा पश्चात लगते कार्यालय खुलेको दिन) को कार्यालय समय भित्र बोलपत्र फारमुगा उल्लेखित शर्तहरुको अधिनमा रही रीतपूर्वक भरी यस बैंकको केन्द्रिय कार्यालय, कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौँमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्न आब्हान गरिन्छ । साथै प्रस्तुत लिलाम प्रक्रियाबाट धितोमा रहेको तपसिल वमोजिमको चल अचल सम्पत्ति लिलाम विक्री हुन नसकेमा वा लिलाम बिक्री हुँदा बैंकले असुल उपर गर्नुपर्ने सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ सोको नियमावली, २०५९ तथा प्रचलित कानून वमोजिम ऋणी तथा जमानीकर्ताको अन्य चलअचल जायजेथा श्रीसम्पत्तिबाट समेत बैंकको सम्पूर्ण बाँकी लेना रकम असुल उपर गरिने व्यहोरा ऋणी, धितो सुरक्षण तथा जमानत दिनुहुने व्यक्ति तथा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा अवगत गराईन्छ ।