उपरोक्त सम्बन्धमा ल.पु.म.न.पा. वडा नं १६ बस्ने गुन्ना सिल्पकार समेतले निजहरूको बाबु तथा बाजे कान्छा भन्ने रुद्रलाल सिल्पकार लोकर्नीको नाउँमा तपसिल अनुसारको जग्गा सर्भे नापनक्सा हुँदा जग्गाधनी कायम भई ज.ध. पुर्जा लिन बाँकी भएकोमा निजको मिति २०४९।१।२० गते र निजकी श्रीमती नरममाया सिल्पकारको मिति २०६६।१२।२ गते आ-आफ्नो कालगतिले मृत्यु भएको निजहरूको शेषपछि हक खाने हकदार छोराहरूमा नरेन्द्र सिल्पकार र गुन्ना सिल्पकार समेत जना २ भएकोमा नरेन्द्र सिल्पकारको मिति २०७०।१०।१५ मा मृत्यु भएको र निजकी श्रीमती पूर्णलक्ष्मी सिल्पकारको मिति २०८० १०१९ मा मृत्यु भएको र निजको तर्फबाट एक मात्र छोरा विरेन्द्र सिल्पकार भएकोले माथि उल्लिखित कित्ता जग्गाहरू हामीहरूको नाममा जग्गा धनी प्रमाण पुर्जा लिनका लागि ल. पु. मालपोत कार्यालयको नाउँमा सिफारिस पाऊँ भनी निवेदन पर्न आएकोमा निवेदकहरू यस वडाको कान्छा भन्ने रुद्रलाल सिल्पकार लोकर्मीको तर्फबाट कानून बमोजिम हक खाने हकदार देखिएको हुँदा नियमानुसार जग्गा दर्ता तथा नामसारीका लागि सिफारिस गरिन्छ भनी ललितपुर महानगरपालिका १६ नं. वडा कार्यालयको च.नं. १२६२ मिति २०८१ /११/१८ को सिफारिस सहित साविक सानागाउँ रै. प. नं. २२ / ८१२ मा भएको रुद्रलाल सिल्पकारका नामको लगत भिडाई संयुक्त | जग्गा दर्ता नामसारी गरिपाऊँ भनी द. न. १५३०३ मिति २०८१ / ११ / २१ मा गुन्ना सिल्पकार समेतका नाममा संयुक्त दर्ता नामसारी गरिपाऊँ भनी निवेदन मागदाबी रहेकोमा सो जग्गामा निज निवेदकको हकभोग रहेको छ/छैन, उक्त कित्ता जग्गा दर्ता नामसारी गर्न यी निवेदक बाहेक अन्य हकदार छन्, छैनन् ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन ? निवेदकको माग बमोजिम दर्ता नामसारी गरिदिँदा अन्य कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन ? कसैले उल्लिखित कित्ता जग्गाको हकमा दर्ता नामसारीका लागि यसपूर्व मिसिल भिडाई दर्ता प्रक्रियामा रहेको / भएको भए तथा अन्य कसैको हकदाबी भए वा निजहरूका नाममा दर्ता नामसारी हुनु नपर्ने कुनै मनासिव कारण भए सो समेत सम्पूर्ण व्यहोरा खुल्ने गरी हकदाबी सम्बन्धी गोरखापत्र राष्ट्रिय दैनिकमा ३५ दिनभित्र सम्पूर्ण प्रमाण सहित हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम छुट जग्गा दर्ता नामसारी भइजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।