जिल्ला काठमाडौँ, कीर्तिपुर न.पा. वडा नं. १० बस्ने कान्छी महर्जनले मेरो ससुरा कृष्ण लाल महर्जन भन्ने किसलाल महर्जनको नामबाट नाप नक्सा भएको तर हालसम्म दर्ता बाँकी रहेको मौजा कीर्तिपुर रै.नं. २६१७ आ.नं. १४२८ मा किसलाल ज्यापुका नाउँमा कायम १९ - २२ - १४ लगत भिडाई (७ नं. फाँटवारी खोज तलास गर्दा फेला नपरेको २ नं. अनुसूचीमा कि.नं. १५६ क्षे.फ. ०-१०-०-० जग्गा मोहीको नाम थर वतन महलमा कीसनलाल महर्जन आफ्नो वा अरुको महलमा खाली उल्लेख भएको) जिल्ला काठमाडौँ, तीनथाना वडा नं. २ कि.नं. १५६ क्षे.फ. ०-१०-०-० जग्गा रहेको फिल्डबुकमा जग्गा धनी महल खाली रहेको किसानको महलमा किसलाल महर्जन कीर्तिपुर उल्लेख भएको सो किस लाल महर्जनको मिति २०२५ सालमा बज्यै अष्टमाया महर्जनको मिति २०३२ सालमा, बाजे दिल बहादुर महर्जनको मिति २०५८।०३।०६ मा, बज्यै देवमाया महर्जनको मिति | २०७२।०४।२४ मा र बुबा बेखा बहादुर महर्जनको मिति २०७२।०९।१६ मा आ- आफ्नै कालगतिले परलोक भएको हुँदा निजहरूको नजिकको हकदारहरू बेदना महर्जन- १, मलिका महर्जन- १, नश्ना महर्जन- १, पीयुष महर्जन- १ को द.नं. ४९५८ मिति २०६१।०६।२१ गतेको हक छोडेको सनाखत निवेदनबाट कान्छी महर्जनलाई हकछाडी दिएकोले निजको एकलौटी नाउँमा उल्लिखित कित्ता जग्गा ना. सा. तथा छुट जग्गा दर्ता गरी ज.ध. प्रमाण पुर्जा पाऊँ भनी द.नं. ३९३७ मिति २०६०।०६।०४ मा निवेदन गरेकाले निवेदकको नाममा छुट जग्गा दर्ता हुन नपर्ने भए वा निज बाहेक अन्य कसैको हक पुग्ने भएमा सबुत प्रमाण सहित दाबी गर्न आउनुहोला भनी मालपोत नियमावली २०३६ को नियम ४(२) बमोजिम ३५ दिने सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित दाबी गर्न आउनुहोला अन्यथा माग दाबी बमोजिम जग्गा दर्ता नामसारी भइजाने व्यहोरा सर्वसाधारणको निमित्त यो सूचना प्रकाशित गरिएको छ ।