यसमा ल.पु.म.न.पा. वडा नं. ७ बस्ने लक्ष्मी बहादुर चिपालुले बाजे लक्ष्मी बहादुर चिपालुको नाउँ लक्ष्मी बहादुर मात्र भनी लेखिई २०२१ सालमा नाप नक्सा भएको ल. पु. जि. सानागाउँ गा.वि.स. वडा नं. ३ कि.नं. ५५ को क्षे.फ. ०-७-०-० कित्ता जग्गा लक्ष्मी बहादुर चिपालु र कृष्ण बहादुर चिपालुको संयुक्त नाममा रहेको सानागाउँ मौजा २२।५५६ पाना ४४७ को साविक लगतमध्ये लक्ष्मी बहादुर चिपालुको हकहिस्साको मात्र लगत भिडाई दर्ता हुने उल्लिखित कित्ताका दर्तावाला बाजे लक्ष्मी बहादुर भन्ने लक्ष्मी बहादुर चिपालुको २०२८ सालमा र बज्यै कृति लक्ष्मी चिपालुको धेरै अघि मृत्यु भएको, हक खाने १ मात्र हकदार पिता राज बहादुर चिपालुको मिति २०६३।०८।२४ मा तथा आमा नानी ज्यान चिपालुको मिति २०३६।०८।२७ मा मृत्यु भएपछि हक खाने १ मात्र निवेदक रमेश बहादुर चिपालु हकदार भएकोले छुट जग्गा दर्ता नामसारी गरिपाऊँ भनी ल.पु.म.न.पा. ७ नं. वडा कार्यालयको च.नं. ६१८ मिति २०८१।१०।२२ को सिफारिस सहित द.नं. १४०९० मिति २०८१।११।०२ मा माग निवेदन गरेको हुँदा | उल्लिखित कित्ता जग्गाका दर्तावाला लक्ष्मी बहादुर भन्ने लक्ष्मी बहादुर चिपालु नै हो होइन ? निज बाहेक अन्य कोही हकदार छ छैनन् ? निज बाहेक अन्य कसैको हकदाबी भए वा निजको नाउँमा दर्ता नामसारी गर्न नमिल्ने कुनै कारण भए वा कसैको हक स्वामित्वमा कुनै प्रकारको असर पर्ने भए यो सूचना प्रकाशित / टाँस भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र आफूसँग भएको कागज प्रमाण लिई हकदाबी गर्न आउनुहोला, अन्यथा कानून बमोजिम भई जानेछ पछि कोही कसैको कुनै दाबी नलाग्ने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।