यसमा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २४ साविक वडा नं. २५ बस्ने न्यूत्तम श्रेष्ठ समेतले हाम्रो बाजे गोपिलाल श्रेष्ठको नाममा दर्ता कायम रहेको ललितपुर जिल्ला, नगर ५ड कि.नं. १३८ क्षेत्रफल ०-३-३-० जग्गाको दर्तावाला गोपिलाल श्रेष्ठको मिति २०२३ सालमा आ- आफ्नै कालगतिले मृत्यु भएको र निजहरूको हक खाने हकदार छोराहरू गोविन्दलाल श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठ भएकोमा गोविन्दलाल श्रेष्ठको अविवाहित अवस्थामा नै मिति २०४८।०३।२० मा आफ्नै कालगतिले मृत्यु भएको र अर्को छोरा कृष्ण गोपाल श्रेष्ठको पनि मिति २०५७।०८।२४ मा मृत्यु भई निजको हक खाने हकदारहरूमा निजका दुई श्रीमतीहरू राधा श्रेष्ठ रमैयालक्ष्मी श्रेष्ठ भएकोमा राधा श्रेष्ठको मिति २०७८।०५।०३ मा र मैया लक्ष्मी श्रेष्ठको मिति २०७८।१०।२६ मा आ-आफ्नै कालगतिले मृत्यु भएको । जेठी श्रीमती राधा श्रेष्ठको तर्फबाट निजहरूको हक खाने हकदारहरूमा छोराहरू बहत्तम गोपाल श्रेष्ठ न्यूत्तम श्रेष्ठ र रजुत्तम श्रेष्ठ भएको र कान्छी श्रीमती मैया लक्ष्मी श्रेष्ठको तर्फबाट हक खाने हकदारहरूमा नरोत्तम श्रेष्ठ मात्र अन्य हकदार कोही नभएकोले हाम्रो संयुक्त नाममा माथि उल्लिखित | जग्गा दर्ता / नामसारी गरिपाऊँ भनी भूमिसुधार तथा मालपोत कार्यालयको द.नं. १३५८, मिति २०८१।०४।२१ को माग निवेदन, काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको च.नं. ३७१ मिति २०८१।०८।११ को तीन पुस्ते सहितको किटानी सिफारिस पत्र सहित पेश गरेको देखिँदा यी निवेदक बाहेक अन्य हकदार छन्, छैनन् ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन निवेदकको माग बमोजिम दर्ता गरी ना. सा. हुँदा कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन हक स्वामित्वमा असर पर्न जाने भए यो सूचना प्रकाशित/टाँस भएको मितिले ३५ (पैंतीस) दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी गर्न आउनुहोला । सूचना गर्न आउनुहोला । तोकिएको म्यादभित्र कोही कसैको दाबी विरोध नपरे निवेदकको माग दाबीलाई स्वीकार गरेको मानी प्रचलित कानून बमोजिम भई जानेछ र यस विषयमा पछि कुनै दाबी नलाग्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।