यस लुम्बिनी विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट तपाईं तपसिलमा उल्लिखित ऋणीहरुले लिनु भएको ऋण कर्जाको यस विकास बैंकसँग गरेको सम्झौता बमोजिम समय समयमा तिर्न बुझाउनुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर आदि चुक्ता भुक्तान गर्न पटक पटक मौखिक, तरताकेता गरिएको एवं राष्ट्रिय दैनिक पत्रिकामा विभिन्न मितिमा सूचना प्रकाशित गर्दा समेत ऋणको साँवा व्याज, पेनाल व्याज तथा अन्य दस्तुर आदि नतिरी नबुझाई विकास बैंकसँग गरेको ऋण कर्जा सम्बन्धी शर्तबन्देजहरु उल्लंघन गर्नुभएकोले विकास बैंकको नाममा धितोबन्धक लेखिदिएको तपसिल बमोजिमको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोहि अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी विकास बैंकको नियमानुसार लिलाम प्रकृया द्वारा विक्री गरिने भएको हुँदा लिन इच्छुक व्यक्ति तथा संस्थाहरुले विकास बैंकबाट प्राप्त हुने बोलपत्र फारम रितपूर्वक भरी यो सूचना प्रकाशित भएको मितिले २१ ( एक्काइस) दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ । प्राप्त हुन आएका बोलपत्रहरु २२ (बाइसौं) दिन (बोलपत्र बुझाउने अन्तिम दिन / खोल्ने दिन बैंक विदा परेमा विदाको लगतै बैंक खुलेको दिनमा बोलपत्र बुझाउने / खोलिने हुँदा) तपसिलमा उल्लिखित मिति, समय र स्थानमा उपस्थित हुन समेत इच्छुक खरिदकर्ता / बोलपत्रवाला वा निजको आधिकारीक प्रतिनिधि, ऋणी, प्रोप्राईटर, धितो जमानी दिने तथा सम्बद्ध सबैलाई सूचित गरिएको छ । तर उक्त दिन निजहरु अनुपस्थित रहेमा पनि बोलपत्र खोल्न / धितो लिलाम विक्रीको प्रकृया गर्न कुनै बाधा पुग्ने छैन । साथै कर्जा असुलीको कारवाही अन्तर्गत ऋणी प्रोप्राईटर / सञ्चालक, धितो जमानी दिनुहुने सम्बद्ध सबैलाई कालोसूचीमा समावेश गरिने तथा सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्री गर्दा पनि विकास बैंकको सम्पूर्ण बक्यौता रकम असुल उपर नभएमा प्रचलित कानून बमोजिम कारबाही गरी असुल उपर गरी लिइने व्यहोरा ऋणी तथा सरोकारवालाहरु सबैलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम बिक्री गरिने उपरोक्त व्यहोरा अनुरोध गर्दै सूचनाको म्यादभित्र धनी विकास बैंकमा सम्पर्क राखी यथाशिघ्र कर्जा भुक्तानी गरी गराई आफ्नो सम्पत्तिको उचित संरक्षण गर्न गराउन हुन समेत अनुरोध गरिएको छ ।
