AuctionLandPublished On: April 13, 2025

यस विकास बैंकको शाखा कार्यालय बिर्तामोड, झापाबाट तपसिलमा उल्लेखित ऋणीहरुले लिनु भएको ऋण कर्जा वापत बैंकलाई समय समयमा तिनुं बुझाउनु पर्ने साँवा, ब्याज, थप ब्याज आदि नतिरी नबुझाई कर्जाको शतं बन्देज उल्लंघन गर्नु भएकोले ऋण कर्जा लगायतको बैंकको लेना रकम तिर्न बुझाउनको लागि पटक पटक मौखिक, लिखित एवं विभिन्न मितिमा सार्वजनिक सूचना | प्रकाशित गरी कर्जा चुक्ता गर्न अनुरोध गर्दा समेत कर्जा नबुझाई बैंकको अनुरोधलाई बेवास्ता गर्नु भएको हुँदा ऋण कर्जाको धितो सुरक्षणमा रहेको तपसिलमा उल्लिखित चल अचल सम्पत्ति, जहां जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा बैंकको नियमानुसार गोप्य शिलवन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गर्नुपर्ने अवस्था आएकोले यो गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको छ । धितोमा रहेको तपसिलको सम्पति सकार गरी लिन इच्छुक व्यक्ति वा संघ संस्थाहरुले बैंकको सम्बन्धित शाखा कार्यालयबाट प्राप्त हुने बोलपत्र फारम रितपूर्वक भरी यो सूचना प्रकाशित भएको | मितिले ७ (सात) दिनभित्र सम्बन्धित शाखा कार्यालयमा बुझाउन सक्नुहुनेछ । बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फारममा उल्लेख गरिएको छ । सो शर्तहरु यसै सूचनाको अभिन्न अङ्गको रुपमा लागु हुनेछन् । बोलपत्र दर्ता गर्ने अन्तिम दिन र / वा बोलपत्र खोलिने दिन कुनै सार्वजनिक बिदा परेमा सो लगत्तै बैंक खुलेको दिन बोलपत्र दर्ता गर्न सकिने र / वा बोलपत्र खोलिने छ । उल्लेखित समयावधि | भित्रमा कर्जा चुक्ता गर्नु गराउनु हुन ऋणी लगायत सम्बन्धित पक्षहरुलाई अनुरोध गर्दछौं । अन्यथा उल्लेखित धितो सम्पत्ति लिलाम बिक्री गरी वा बैंक आफैले सकार गर्दा समेत साविकमा बैंकबाट भएको मुल्याइन भन्दा कम मूल्यमा लिलाम बिक्री भएमा वा बैंक आफैले सकार गरि लिएमा पछि मेरो सम्पत्तिको उचित मूल्य प्राप्त नभई कम मूल्यमा लिलाम बिक्री भयो वा बैंक आफैले सकार गरि लियो भनि कहि कतै कुनै उजुर बाजुर गर्न पाउनु हुने छैन । उक्त सम्पत्ति लिलाम बिक्री गर्दा वा पुनर्मुल्याइन गरी बैंक आफैले सकार गर्दा समेत बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ अन्य प्रचलित ऐन कानून तथा बैंकको नियमानुसार असुल उपर हुन बाँकी बक्यौता कर्जा रकम असुल उपरका लागि ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरी ऋणी तथा सम्बन्धित पक्षहरुको अन्य चल अचल जायजेथा श्री | सम्पत्तिबाट समेत बांकी लेना रकम असुल उपर गरिने हुँदा यथाशिघ्र सम्बन्धीत कर्जा चुक्ता गरी गराई धितो सम्पत्ति फिर्ता लिन हुन ऋणी, धितो धनी तथा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा पुनः अनुरोध गरिन्छ ।