तपसिलमा उल्लेखित ऋणीहरुले यस बैंकबाट लिएको ऋणकर्जाको समय समयमा तिर्न बुझाउन पर्ने सांवा, व्याज आदि नतिरी नबुझाई ऋणकर्जा सम्बन्धी शर्तबन्देज उल्लंघन गर्नुभएको तथा पटक पटक लिखित एवं मौखिक तरताकेता गर्दा समेत ऋणकर्जा चुक्ता नगरेकोले तपसिलमा उल्लेखित मितिहरुमा ३५ दिने सूचना प्रकाशित गरी सम्पूर्ण सांवा, व्याज चुक्ता गर्न अनुरोध गर्दा समेत पनि आज सम्म उक्त कर्जाको सांवा र सोमा लागेको व्याज चुक्ता भुक्तान गर्ने तर्फ कुनै ध्यान नदिएकोले धितो सुरक्षणमा रहेको तपसिलमा लेखिएको सम्पति जे जस्तो अवस्थामा छ सोहि अवस्थामा आजका मितिले १५ (पन्ध्र) दिन भित्र तपसिलमा उल्लेखित स्थानमा लिलाम विकि गरिने हुंदा लिलाममा डाक वढावढ गरी लिन इच्छुक महानुभावहरु सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । धितो जमानत तथा व्यक्तिगत जमानत दिनु हुने महानुभावलाई पनि धितो सुरक्षणमा रहेको अचल सम्पति लिलाम विक्रि गरिने वारे यसै सूचना बाट जानकारी गराएका छौं ।