काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १५ बस्ने छोरी मैया श्रेष्ठको साधारण वारेस राम बहादुर ठकुरीले निवेदकको ससुरा वृन्दा वन लाल श्रेष्ठको नाममा साविक सर्भे नापीको समयमा नापनक्सा भई दर्ता बाँकी रहेको अवस्थामा ज.ध. ससुरा वृन्दा वन लाल श्रेष्ठको २०२० / ०२ /०९ मा सासू बुद्ध लक्ष्मी श्रेष्ठको २०२१/०२ / ०६ मा. जेठाजु विश्वेश्वर लाल श्रेष्ठको मिति २०६६ / ०८ / २७ मा अविवाहित अवस्थामा, पति केशव लाल श्रेष्ठको मिति | २०७७/०६ / ०७ मा आ-आफ्नै कालगतिले परलोक भएकोले मृतक ज.ध. को शेष पछिको नजिकका हकदारमा म निवेदक बुहारी / पत्नी छोरी मैयाँ श्रेष्ठ मात्र भएको हुँदा तपसिलमा उल्लिखित जग्गा सासू बुद्ध लक्ष्मी श्रेष्ठको नामको बालाजु मौजा हा. नं. ४ लोलाङ्ग खेत रोपनी एक मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोले दर्ता/ना. सा समेत गरिपाऊँ भनी का.म.न.पा. १५ नं. वडाको च.नं. १८२८ मिति २०८१/०२/२५ को सिफारिस पत्र साथ माग निवेदन गर्नुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता / ना. सा. हुनुनपर्ने भए वा निवेदक बाहेक अन्य हकदार भए यो सूचना प्रकाशन भएको मितिले | ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला ।