काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २५ बस्ने सुरेश बहादुर श्रेष्ठले निजकी बज्यै दुर्गादेवी श्रेष्ठको नाममा साविक सर्भे नापीको समयमा नापनक्सा भई दर्ता बाँकी रहेको अवस्थामा ज.ध. बज्यै दुर्गादेवी श्रेष्ठको पहिले नै बाजे पृथ्वीलाल श्रेष्ठको पहिले नै बाबु शेर बहादुर श्रेष्ठको मिति २०५० / ०१ / १२ मा ठूली आमा ( सौतेनी आमा) ललिता देवी श्रेष्ठको २०३२ साल अगावै आमा भुवनेश्वरी श्रेष्ठको मिति २०७१/०१/०५ मा आ-आफ्नै कालगतिले परलोक भएकोले मृतक ज.ध. को शेष पछिको नजिकका हकदारमा म निवेदक नाति सुरेश बहादुर श्रेष्ठ, रमेश बहादुर श्रेष्ठ (सौतेनी दाजु), महेश चन्द्र श्रेष्ठ, कमलेश चन्द्र श्रेष्ठ समेत जना - ४ मात्र भएको हुँदा तपसिलमा उल्लिखित जग्गा सौतेनी ठूली आमा ललिता देवी श्रेष्ठको नाममा कायम रहेको काठमाडौं रे. नं १९ लोलाङ्ग खेत ३ रोपनी मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोले दर्ता / ना.सा. समेत गरिपाऊँ भनी का.म.न.पा. २५ नं. वडाको च.नं. १०३३ मिति २००१ / १२ / ०४ को सिफारिस पत्र साथ माग निवेदन गर्नुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता / ना. सा. हुनुनपर्ने भए वा निवेदकले खुलाएका बाहेक अन्य हकदार भए यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स- प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजानेछ |