भ.पु. जि., चाँगु न.पा. - १ को हाल का.जि. का.म.न.पा. वडा नं. ३२ बस्ने सुरेन्द्र वहादुर के.सी. ( खड्का क्षेत्री) ले मेरो नाममा नाप नक्सा भई दर्ता बाँकी | रहेको तपसिल बमोजिमको कित्ता जग्गा, साविक लगत मेरो पिता ललित वहादुर खड्काका नामको ४२ नं. रुपाथली मौंजा रैकर तर्फको सि.नं. २९२ न.नं. ७१४ रो. ४ मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोमा, पिता ललित वहादुरको २०२२ सालमा, निजकी जेठी पत्नी लिला देवीको मिति २०४१।०५।१९ मा, कान्छी पत्नी गणेश कुमारीको मिति २००८ सालमा मृत्यु भई जेठी तर्फका छोराहरू नविन कुमार, निवेदक सुरेन्द्र वहादुर के.सी. ( खड्का क्षेत्री) भएकोमा, नविन कुमारको मिति २०४४।०८।२७ मा मृत्यु भई हक खाने जेठी पत्नी सानु मैया, कान्छी पत्नी ज्ञानु देवी भएकोमा, सानु मैंया खड्काले अंश मुद्दाको फैसलाबाट अंश पाई सकेको, हकदार ज्ञानु देवी, कान्छी तर्फको छोरा नरेन्द्र वहादुर खड्का समेतको मञ्जुरीले मेरा नाउँमा एकलौटी दर्ता / ना. सा. गरिपाऊँ भनी माग निवेदन गरेको, १ नं. मोही लगत, २ नं. अनुसूची पेश गरेको, ७ नं. फाँटवारी रेकर्डबाट फेला नपरेको भनी भू. सु. फाँटबाट लेखि आएको देखिँदा यसमा निवेदक बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम हुनुनपर्ने कुनै मनासिव कारण भए वा अन्यत्र कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, व्यक्तिगत लगायत अन्य जग्गा तथा संरचनालाई प्रतिकूल असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले | ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।