Right ClaimLandPublished On: April 21, 2025

भ.पु.जि., दुवाकोट- ४ को हाल परिवर्तित चाँ.न.पा. वडा नं. १ बस्ने ज्ञानुदेवी खड्काले मेरो ससुरा तथा पतिका नाउँमा छुट्टा-छुट्टै नाप नक्सा भई दर्ता बाँकी रहेको तपसिल बमोजिमको कित्ता जग्गा साविक लगत ससुरा ललित वहादुर खड्काका नामको ४२ नं. रुपाथली रैकर सि.नं. २९२ न.नं. ७१४ रो. ४।२ मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोमा, दर्तावाला ललित वहादुरको मिति २०२३ सालमा, निजकी जेठी पत्नी लिला देवीको २०४१।०५।१९ मा, कान्छी पत्नी गणेश कुमारी खड्काको मिति २००८ सालमा मृत्यु भई निजको हक खाने १ मात्र छोरा नरेन्द्र वहादुर खड्का भएको, त्यस्तै जेठी तर्फका छोराहरू सुरेन्द्र वहादुर के.सी. ( खड्का क्षेत्री) र नविन कुमार खड्का भएकोमा, नविन कुमार खड्काको मिति २०४४।०८।२७ भई हक खाने जेठी पत्नी सानु मैया, कान्छी पत्नी ज्ञानु देवी खड्का भएकोमा, सानु मैयाले अंश बुझिलिएको हकदारहरू नरेन्द्र वहादुर र सुरेन्द्र वहादुर खड्काको मञ्जुरीले मेरो नाउँमा एकलौटी दर्ता / ना.सा. गरिपाऊँ भनी ज्ञानु देवी खड्काले माग निवेदन गरेको, १ नं. मोही लगत, २ नं. अनुसूची पेश गरेको, ७ नं. फाँटवारी रेकर्डबाट फेला नपरेको भनी भू. सु. फाँट भक्तपुरबाट लेखी आएको देखिँदा यसमा निवेदक बाहेक अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम हुनुनपर्ने कुनै मनासिव कारण भए वा अन्यत्र कसैले कुनै कारबाही चलाएको भए वा सरकारी, सार्वजनिक, सामुदायिक, गुठी, व्यक्तिगत लगायत अन्य जग्गा तथा संरचनालाई प्रतिकूल असर पर्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।