Right ClaimLandPublished On: April 21, 2025

यसमा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २४ बस्ने बसन्तमाया महर्जनले मेरो पति राम कृष्ण | महर्जनको नाममा २०२१ सालमा नापनक्सा भई दर्ता बाँकी स्रेस्ता कायम रहेको ललितपुर जिल्ला, धापाखेल २ / ख | कि.नं. २९२ क्षेत्रफल ०-९-२-० को दर्तावाला राम कृष्ण महर्जनको मिति २०५१/११/०१ सालमा मृत्यु भई निजको हक खाने हकदार म श्रीमती बसन्तमाया महर्जन मात्र भएकोले मेरो नाममा माथि उल्लिखित जग्गा दर्ता / नामसारी गरिपाऊँ भनी भूमिसुधार तथा मालपोत कार्यालयको द.नं. १७१४३ मिति २०८० / १२ / २८ को माग निवेदन, | ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयको च.नं. १९१७ मिति २०८० / १२ / २७ को तीन पुस्ते विवरण | सहितको किटानी सिफारिस पत्र र हरिसिद्धि मौजा रै.नं. ७८७ विरमान ज्यापुको साविक लगत सहित पेश गरेको | देखिँदा यी निवेदक बाहेक अन्य हकदार छन्, छैनन् ? उक्त जग्गामा यी निवेदक बाहेक अरू कसैको हकदाबी छ, छैन ? निवेदकको माग बमोजिम दर्ता गरी ना.सा. हुँदा कसैको हकभोग स्वामित्वमा असर पर्न जाने हो वा होइन ? हक स्वामित्वमा असर पर्न जाने भए यो सूचना प्रकाशित / टाँस भएको मितिले ३५ (पैंतीस) दिनभित्र यस कार्यालयमा स-प्रमाण दाबी गर्न आउनुहोला / सूचना गर्न आउनुहोला । तोकिएको म्यादभित्र कोही कसैको दाबी | विरोध नपरे निवेदकको माग दाबीलाई स्वीकार गरेको मानी प्रचलित कानून बमोजिम भइजानेछ र यस विषयमा | पछि कुनै दाबी नलाग्ने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ।